हिमालयन बैंकमा तीन अर्ब रुपैयाँ बराबरको तरलता बढ्ने

Jul 11, 2019 10:10 AM Merolagani



हिमालयन बैंकमा साउन महिनामा तीन अर्ब रुपैयाँ बराबरको तरलता बढ्ने भएको छ। बैंकले साउन २ गतेदेखि तीन अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने भएको हो।

बैंकले पनि एक हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ जारी गर्ने भएको हो। सात वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ।

बैंकले कूल निष्काशनमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको ब्यक्तिगत तवरबाट विभिन्न संघ संस्था तथा संस्थापक शेयरधनीहरुलाई र बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्रमा सर्वसाधारण आवेदन गर्न सक्नेछन्। सर्वसाधारणमा निष्काशन हुने मध्ये ६० हजार कित्ता सामूहिक लगानीकोषहरुलाई छुट्टाइएको छ।

बैंकको ऋणपत्र खरीद गर्न चाहाने लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट छिटोमा साउन ६ गतेसम्म आवेदन गर्न पाउनेछन। सो अवधिमा सबै ऋणपत्र खरीदका लागिआवेदन नपरेमा लगानीकर्ताले साउन ३१ गतेसम्म आवेदन गर्न पाउने ब्यवस्था रहेको छ।

 

 

बैंकले आफ्नो पूँजी कोष वृद्धि गर्न यो ऋणपत्र जारी गर्न लागेको हो। तर लगानीकर्ताहरुले ऋण पत्रमा लगानी गर्न चासो देखाएका छैन्। जसको कारण अन्य बैंकहरुले निष्काशन गरेको ऋणपत्र बिक्री हुन पनि हम्मेहम्मे परेको अवस्था छ।

व्यक्तिगत तवरबाट भएपनि धेरैजसो बैंकहरुले निष्काशित सबै ऋणपत्र बिक्री गरेका छन्। पछिल्लो पटक नेपाल बंगलादेश बैंकले पनि ८ लाख युनिट सार्वजनिक निष्काशनमा ल्याएकानेमा ६ लाख ८५ हजार २२२ युनिट अवितरित भएपछि व्यक्तिगत तवरबाट बिक्री गरेको थियो।

हिमालयन बैंकले यसअघि आठ प्रतिशत ब्याजदरमा ७ वर्षे अवधिको हिमालयन बैंक लिमिटेड बण्ड २०७७’ जारी गरेको थियो। उक्त ऋणपत्र परिपक्क हुने अवधि नजिकिँदै गएपछि बैंकले दीर्घकालिन स्रोत परिचालनका लागि अर्को ऋणपत्र निष्काशनको तयारी गरेको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको पूँजीको अनुपात ११.८२ प्रतिशतमा झरेकाले पनि बैंकलाई पूँजी बढाउनुपर्ने बाध्यता छ। ऋणपत्र बिक्रीको पाँच प्रतिशत रकम पूँजी कोषमा गणना गर्न सकिन्छ। वाणिज्य बैंकले कम्तिमा ११ प्रतिशत पूँजीकोष कायम गनुृपर्छ। यसो कायम नभएमा सो बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने गर्दछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।