एनआइसी एशिया ब्यालेन्स फण्डको साढे १२ करोड इकाई बिक्रीमा आउने, बोर्डबाट पायो स्वीकृति

Jul 11, 2019 01:32 PM merolagani



एनआइसी एशिया बैंकको सहायक कम्पनी एनआइसी एशिया क्यापिटल अन्तरगत सञ्चालन हुने सामुहिक लगानी कोष एनआइसी एशिया ब्यालेन्स फण्डले साढे १२ करोड इकाइ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले इकाइ बिक्रीका लागि असार २५ गते अनुमति पाएको हो ।

फण्ड बिक्रीको अनुमतिसंगै सामुहिक लगानी कोष एाआइसी एशिया ब्यालेन्स फण्डको १ अर्ब २५ करोड ?पैयाँ बराबरको साढे १२ करोड इकाइ बिक्रीमा आउने भएको छ ।

शेयर बजारमा निरन्तर आएको गिरावटका कारण म्युचुअल फण्डहरूको वित्तीय अवस्थामा पनि भारी मात्रामा नकरात्मक असर देखिइरहेको बेला नयाँ लगानी कोषहरको फण्ड बिक्रीमा आउने क्रम पनि उत्तिकै छ ।

शेयर बजारमा लगानी गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएका यस्ता सामुहिक लगानी कोषहरूले बिक्रीमा ल्याएको इकाइको ५० प्रतिशतभन्दा कम इकाइ बिक्री भएमा फण्ड नै खारेज हुने कानुनी ब्यवस्था छ ।

हाल बजारमा १५ वटा सामुहिक लगानी कोष सञ्चालनमा छन ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।