सनराइज बैंकको १० लाख कित्ता ऋणपत्र धितोपत्र बजारमा सूचीकृत

Jul 11, 2019 02:28 PM Merolagani



सनराइज बैंकको १० लाख कित्ता ऋणपत्र धितोपत्र बजारमा सूचीकृत भएको छ ।

बैंकले एक अर्ब रूपैयाँ बराबरको १० प्रतिशत सनराइज डिबेञ्चर २०८० ऋणपत्र बिक्री गरी बैशाख ३१ गते मंगलबार बाडँफाडँ गरेको थियो ।

सनराईज बैंकले चैत २० गते देखि २५ गते सम्म एक अर्ब रूपैयाँ बराबरको ’१० प्रतिशत सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्री गरी बैशाख ३१ गते मंगलबार बाडँफाडँ गरेको थियो ।

बैंकले प्रतियुनिट एक हजार रूपैयाँ अंकित दरमा १० लाख युनिट ऋणपत्र बिक्री गरेको हो । कूल १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि र बाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरूलाई बिक्री गरेको हो ।

ऋणपत्र सूचीकरणपछि  खरीद गर्ने गर्ने लगानीकर्ताले ऋणपत्रलाई धितो राखेर कर्जा लिन तथा दोस्रो बजारमा खरीद बिक्री समेत गर्न सक्नेछन् ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।