सनराइज बैंकको १० लाख कित्ता ऋणपत्र धितोपत्र बजारमा सूचीकृत

Jul 11, 2019 02:28 PM Merolagani



सनराइज बैंकको १० लाख कित्ता ऋणपत्र धितोपत्र बजारमा सूचीकृत भएको छ ।

बैंकले एक अर्ब रूपैयाँ बराबरको १० प्रतिशत सनराइज डिबेञ्चर २०८० ऋणपत्र बिक्री गरी बैशाख ३१ गते मंगलबार बाडँफाडँ गरेको थियो ।

सनराईज बैंकले चैत २० गते देखि २५ गते सम्म एक अर्ब रूपैयाँ बराबरको ’१० प्रतिशत सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्री गरी बैशाख ३१ गते मंगलबार बाडँफाडँ गरेको थियो ।

बैंकले प्रतियुनिट एक हजार रूपैयाँ अंकित दरमा १० लाख युनिट ऋणपत्र बिक्री गरेको हो । कूल १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि र बाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरूलाई बिक्री गरेको हो ।

ऋणपत्र सूचीकरणपछि  खरीद गर्ने गर्ने लगानीकर्ताले ऋणपत्रलाई धितो राखेर कर्जा लिन तथा दोस्रो बजारमा खरीद बिक्री समेत गर्न सक्नेछन् ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।