सरकारले ६ दिनमा ३७ अर्ब आयकर उठाउने

Jul 12, 2019 07:07 AM Tirtha Raj Poudyal

चालु आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै सरकारले ४५ अर्ब ८६ करोड रुपैयाँ आयकर संकलन गर्ने लक्ष्य राखेकाेमा असार २५ गतेसम्म ८ अर्ब ५३ करोड मात्रै दाखिला भएको छ।

सरकारले आफ्नो लक्ष्य भेटाउन ६ दिनमा ३७ अर्ब ३३ करोड रुपैयाँ थप आयकर उठाउनुपर्ने देखिन्छ। 

गत आवको असारमा ३३ अर्ब ५४ करोड आयकर संकलन गर्ने लक्ष्य राखेको सरकारले गत वर्षको असारको तुलनामा १२ अर्ब ३२ करोड रुपैयाँ थप आयकर संकलन गर्ने लक्ष्य राखेको हो।

आन्तरिक राजश्व विभागका अनुसार असार २५ गतेसम्म सरकारको आयकर खातामा असार महिनामा राखिएको कूल लक्ष्यको १८.६० प्रतिशत अर्थात ८ अर्ब ५३ करोड रुपैयाँ मात्र आयकर संकलन भएको छ।

विगतका वर्षहरुमा जस्तै यो आवको अन्तिम महिना एक साता बाँकी रहँदा पनि संकलित आयकरको हिस्सा ज्यादै न्यून देखिन्छ । व्यापारिक तथा अन्य संस्थाहरुहरुले अन्तिम समयमा मात्रै आयकर रकम दाखिला गर्ने प्रवृत्तिका कारण असार २५ गतेसम्म पनि लक्ष्यको करिब १९ प्रतिशत मात्र आयकर संकलन भएको हो।

आन्तरिक राजश्व विभागले विगतका वर्षहरुमा पनि असार महिनाको अन्तिम दिनहरुमा मात्रै अधिक आयकर दाखिला हुने गरेको भन्दै यो महिना पनि अन्तिम दिनमा बढी असुली हुने प्रक्षेपण गरेको छ ।

अघिल्लो वर्ष असारमा ३३ अर्ब ५४ करोड आयकर संकलन गर्ने लक्ष्य राखेको सरकारले गत वर्षको असारमा लक्ष्यको ९७ प्रतिशत अर्थात ३४ अर्ब ४३ करोड आयकर संकलन गरेको थियो।

यसैगरि चालु आवमा सरकारले कूल ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा असार २५ गते बुधबारसम्म ८१।८६ प्रतिशत मात्र राजश्व संकलन गरेको छ। बजेटमा लक्षित अंक भेट्टाउन अबको पाँच दिनमा सरकारले एक खर्ब ५० अर्ब ८० करोड अर्थात लक्ष्यको १८.१४ प्रतिशत संकलन गर्नुपर्ने हुन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।