घोडीघोडा लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड, ५ प्रतिशत भन्दा थोरैले मात्रै पाउने

Jul 11, 2019 06:11 PM Tirtha Raj Poudyal

घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओ असार २७ गते शुक्रबार बिहान साढे ९ बजे  बाँडफाँड हुने भएको छ। आईपीओमा ५ प्रतिशत भन्दा कम आबेदकले मात्रै शेयर पाउने भएका छन्। 

लघुवित्तको शेयर निकाष्शक तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको तथ्याङ्क अनुसार ९५ प्रतिशत भन्दा बढीले शेयर नपाउने देखिएको हो।

प्रभु क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा २ लाख ८६ हजार ५५ आबेदनबाट ४८ लाख ४८ हजार ८१० कित्ता शेयरको लागि आबेदन परेको हो। जसमध्ये ४९० आबेदनबाट माग गरेको ८ हजार ५९० कित्ता शेयर रद्ध भएको बिक्री प्रबन्धकले जनाएको छ । 

बाँकी २ लाख ८५ हजार ५६५ सदर आबेदनबाट परेको ४८ लाख ४० हजार २२० कित्ता अर्थात ४८ करोड ४० लाख २२ हजार रुपैयाँ बराबरको शेयरको माग सदर भएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार सर्वसाधारणलाई निष्काशनमा ल्याएको एक लाख २४ हजार ५९० कित्ता शेयर १० कित्ताका दरले वितरण गर्दा १२ हजार ४५९ जना आवेदकले मात्रै पाउनेछन्। जुन संख्या सदर आवेदनको ४.३६ प्रतिशत मात्रै हो। बाँकी ९५.६४ प्रतिशतले शेयर नपाउने भएका छन्।

कम्पनीले असार २० गते शुक्रबारदेखि जारी पूँजीको ४८ प्रतिशत बराबरको आईपीओ निष्काशन गरेको हो। लघुवित्त कम्पनील प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर बिक्रीमा ल्याएको हो।

कूल निष्काशित आईपीओ मध्ये एक हजार ३८० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने एक लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरिएको थियो ।

लघुवित्तको शेयर असार २७ गते शुक्रबार बिहान ९ः३० बजे बाँडफाँड हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।