गुराँस लाइफको विद्यमान संस्थापकले नकिनेपछि दोस्रो पटक लिलामीमा आउने

Jul 12, 2019 01:03 PM Merolagani

गुराँस लाइफ इन्स्योरेन्सको विद्यमान संस्थापकले यसअघि निष्काशन गरेको हकप्रद शेयर खरिद नगरेपछि कम्पनीले दोस्रो पटक साउन ३ गतेदेखि लिलामी मार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले हकप्रदमा नबिकेका संस्थापक शेयरहरु पहिलो पटक बोलकबोल मार्फत बिक्री गर्न खोज्दा बिक्री नभएपछि पुनःदोस्रो पटक सर्वसाधारणले समेत आवेदन गर्न पाउने गरि बोलकबोल खुला गर्ने भएको हो । 

इन्स्योरेन्सले पहिलो पटक लिलामीमा निकाल्दा बिक्री नभएका ९० हजार ५७१ कित्ता संस्थापक हकप्रद शेयर साउन ३ गतेदेखि १० गतेसम्म दोस्रो पटक लिलामी बिक्री खुला गर्न लागेकोे हो।

कम्पनीले गत चैत २८ देखि जेठ २८ गतेसम्म २ बराबर १ शेयरको अनुपातमा २९ लाख ७० हजार कित्ताहकप्रद शेयर निष्काशन गरेको थियो।

गुराँस लाइफइन्स्योरेन्सले चुक्ता पूँजी बढाउन जारी गरेको ५० प्रतिशत हकप्रद शेयरमा संस्थापकहरुले नै खरीद नगरेपछि लिलामीमा निकाल्नु परेको छ। अरु बीमाकम्पनीहरुको संस्थापकहरुले आवेदनगर्ने तर सर्वसाधारणतर्फकाले आवेदनगर्न छुटाउने प्रवृत्ति रहेकोमा गुराँस लाईफमाभने विपरित देखिएको छ ।

कम्पनीको शेयरमा बोलकबोल आवेदनदिँदान्युनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ।

कम्पनीको बोनस शेयर र हकप्रद शेयर लिलामी बिक्रीपछि चुक्ता पूँजी ९३ करोड ८५ लाख रुपैयाँ पुग्नेछ। बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउन कम्पनीलाई अझै एक अर्ब ६ करोड रुपैयाँ जोहो गनुपर्ने आवश्यकता छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।