एनआइसी एशियाले साउन ६ गतेदेखि पाँचौं ऋणपत्र निष्काशनमा ल्याउँदै, कति पाइन्छ ब्याज?

Jul 15, 2019 12:28 PM Merolagani

एनआईसी एशिया बैंकले साउन ६ गतेदेखि साढे ४ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।पाँचौं पटक  ऋणपत्र निष्काशन गर्न लागेको  बैंकले एक हजार रूपैयाँ अंकित दरका ४ अर्ब ४० करोड रूपैयाँ बराबरको ४४ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो।

कूल निष्काशनमध्ये ६० प्रतिशतले हुन आउने २ अर्ब ६४ करोड रूपैयाँ बराबरको बैंक आफैँले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने ४० प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रूपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

सात वर्षको अवधिमा परिपक्वहुने “एनआईसी एशिया ऋणपत्र २०८३/८४” ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत व्याजदर पाइनेछ भने अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिने छ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २२ लाखकित्तासम्म ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन्। बैंकले निष्काशन गर्ने ऋणपत्रलाई केयर रेटिङ्गस् नेपालले लो क्रेडिट रिक्स जनाउने 'केयर एनपि ए' सिङ्गल ए ग्रेडिङ्ग प्रदान गरेको छ। उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ।

बैंकको ऋणपत्रमा आवेदन दिन चाहाने लगानीकर्ताहरुले सि आश्वा मार्फत साउन ९ गतेम्म आवेदन दिन सक्नेछन्। साउन ९ गतेम्म आवश्यक आवेदन नपरेमा लगानीकर्ताले भदौ ६ गतेसम्म आवेदन दिन पाउने ब्यवस्था रहेको छ।

बैंकले निष्काशन गर्न लागेको उक्त ऋणपत्रमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ।
धितोपत्रबजारमा सूचीकरण हुने बेंकको उक्त ऋणपत्र लगानीकर्ताले दोस्रो बजारबाट खरिद बिक्रीगर्न सकिने छ भने धितो राखेर कर्जा समेत लिन सकिनेछ ।

लगानीकर्ताले बैैंकको ऋणपत्रमा बिना जोखिम ७ वर्षसम्म लगातार वाार्षिक १०.२५ प्रतिशत ब्याज पाइने भएकाले जोखिम रहित लगानीको लागि लगानीकर्तालाई यो सुवर्ण अवसर हुनसक्छ।

एनआईसी एशिया बैंकले यसअघि चार पटक ५० करोड, ३ अर्ब र एक अर्ब ८३ करोड र ४ अर्बको पटक गरि ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ। यो सहित एनआइसी एशियाले जारी गर्ने ऋणापत्रको संख्या पाँच पुग्नेछ भने कूल १३ अर्ब ७३ करोडको ऋणपत्र बैंकले जारी गर्नेछ।

पछिल्लो समय २०७५ माघ १३ गतेदेखि ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेर बाँडफाँड गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।