एनएलजी इन्स्यारेन्सले करिब २५ करोड खुद नाफा कमाएपनि लाभांश वितरण नगर्ने

Jul 17, 2019 12:12 PM Merolagani

एनएलजी इन्स्योरेन्स (NLG) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा २४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाए पनि जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएपछि लाभांश वितरण नगर्ने भएको हो।

बीमा समितिको निर्देशन बमोजिम नेपाल वित्तीय विवरण प्रतिवेदनमान प्रणाली (एनएफआरएस) बमोजिम वित्तीय विवरण तयार गर्दा नियमनकारी प्रावधान अनुसार जगेडा तथा व्यवस्थाहरु कामय गर्नुपर्ने भएको हुदाँ बोनस तथा नगद लाभांश वितरण नगर्ने भएको इन्स्योरेन्सले जनाएको छ।

बीमा समितिबाट जारी निर्जीवन बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम तयार गरिएको प्रतिवेदन अनुसार खुद नाफा २४ करोड ७८ लाख रुपैयाँ देखिएको छ। यस्तै एनएफआरएस प्रणाली बमोजिम तयार पारिएको वित्तीय विवरण अनुसार खुद नाफा २४ करोड ७६ लाख रुपैयाँ देखिएको इन्स्योरेन्सले जनाएको छ।

इन्स्योरेन्स सञ्चालक समितिको असार ३१ गते बसेको २७९ औं बैठकबाट निर्जीवन बीमकको वितीय विवरण सम्बन्धी निर्देशन बमोजिम तयार गरिएको वित्तीय विवरण तथा एनएफआरएस प्रणाली बमोजिम तयार पारिएको वित्तीय विवरण पारित गरी बीमा समितिको स्विकृतिका लागि पेश गर्ने निर्णय गरेको हो।

लाभांश वितरण नगरेपनि इन्स्योरेन्सले हकप्रद बिक्री गरेर बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी पुर्याउने तयारी गरिसकेको छ। हाल कायम ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद निष्काशन गरेर एक अर्ब २ करोड रुपैयाँ पुर्याउन लागेको हो।

इन्स्योरेन्सको जेठ १४ गते मंगलबार सम्पन्न विषेश साधारण सभाले चुक्ता पूँजी पुर्याउन हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।