यस वर्ष आउँदैछ कम्तिमा ३० अर्बको आईपीओ, यी कम्पनीले बेच्दैछन् शेयर

Jul 20, 2019 10:23 AM merolagani



- सुधा देवकोटा।
प्राथमिक शेयर अर्थात आईपीओमा लगानी गर्ने भन्दै बसेका लगानीकर्ताहरुका लागि चालु आर्थिक वर्षमा कम्तिमा ३० अर्ब रुपैयाँ हाराहारीको शेयरमा आवेदन हाल्ने अवसर आउने देखिएको छ।  

यस वर्ष कम्तिमा २८ वटा कम्पनीले सर्वसाधारणमा २१ अर्ब ७४ करोड रूपैयाँ बढीको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने अहिले नै निश्चित देखिएको छ । 

अनुमति माग्न धितोपत्र बोर्ड पुगेका ८ वटा कम्पनीले एक अर्ब ६६ करोड रूपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने तयारीमा रहेका छन् ।

यी कम्पनीहरुले धितोपत्र बोर्डमा शेयर निश्काशनका लागि आवेदन दिईसकेका छन्ः 

pipeline ipo

 स्रोतः धितोपत्र बोर्ड

धितोपत्र बोर्डमा तीन वटा सामुहिक लगानी कोषले तीन अर्बको ईकाई निश्काशन गर्न स्वीकृति कुरेर बसेका छन् । 

 

 स्रोतः धितोपत्र बोर्ड

शेयर बजारका लगानीकर्ताहरुले ब्यग्रतापुर्वक प्रतीक्षा गरिरहेको जीवन तथा निर्जिवन बीमा कम्पनीहरुको आईपीओ पनि हो। १० वटा जीवन बीमा कम्पनीहरुले ६ अर्ब २८ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउँदैछन्। उनीहरु मध्ये धेरैले साधारणसभाबाट प्रस्ताव पारित र रेटिङ समेत गराएर कम्पनी रजिष्ट्रार हुँदै धितोपत्र बोर्ड जाने तयारी गरेका छन्।

त्यस्तै तीन वटा निर्जिवन बीमा कम्पनीको पनि ९० करोडको आईपीओ आउने नै छ। पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने अन्तिम तयारी गरेको छ । 

up coming ipo

 स्रोतः विभिन्न स्रोत र समाचार 

सबैभन्दा धेरै आईपीओ ल्याउने कम्पनीमा भने गत वर्षदेखि संचालनमा आएको पुर्वाधार विकास बैंक हुनेछ । २० अर्ब चुक्ता पूँजी रहेको कम्पनीले ८ अर्बको आईपीओ बिक्री गर्नेछ। त्यसैगरी डिस होम र चन्द्रागिरी केबलकारले पनि प्रिमियम मूल्यमा आईपीओ बेच्ने तयारी थालेका छन्। 

डिस्होम मिडिया नेटवर्कले २० करोड र चन्द्रागिरी हिल्सले १० करोड रूपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने घोषणा गरिसकेका छन् ।

चन्द्रागिरी हिल्सले यसै आर्थिक बर्ष भित्र आईपिओ निष्काशन गर्न सक्ने संकेत दिएको छ। हिल्सका सञ्चालक सदस्य अम्बिका प्रसाद पौड्यालले कम्पनीले यसै वर्षको अन्त्यतिर आईपीओ निष्काशन गर्ने तयारीमा लागेको बताए।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्बसाधारणबाट रकम संकलन गर्ने १८ वटा कम्पनीहरुले पनि शेयर बिक्री खोल्नसक्ने सम्भावना छ । त्यसो भयो भने अर्बौ रुपैयाँ यिनै सरकारी कम्पनीहरुले सर्बसाधारणबाट उठाउने छन् भने  निजी क्षेत्रका अरु हाईड्रोपावर, लघुवित्त र सेवा क्षेत्रका  कम्पनीहरुको आईपीओको ओईरो लागि नै रहने छ। दुई वर्ष भित्रमा झण्डै १०० हाईड्रोको शेयर बजारमा आउने छ। 

अहिले संचालनमा रहेका सामुहिक लगानी कोषहरुको थप योजनाका ईकाईहरु बिक्रीमा आउनुका साथै  बीमा कम्पनीहरुले समेत सहायक कम्पनी स्थापना गरेर सामुहिक लगानी कोष संचालन गर्न पाउने हुँदा उनीहरुले पनि ईकाई बिक्री गर्न सक्छन्। 

सर्बोत्तम सिमेन्ट, मारुती सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सीजी सिमेन्टस, चौधरी समूह एनसेल लगायतका दुरसञ्चार  कम्पनीहरु पनि पब्लिक बनेर सर्वसाधारणमा शेयर बिक्री गर्न आउने सम्भावना बढेको छ।

सरकारले उत्पादनमूलक कम्पनीलाई  पूँजी बजारमा भित्र्याउन पहल गरेको छ। धितोपत्र बोर्डको नीति तथा कार्यक्रम अनुसार त्यस्ता कम्पनीहरूलाई पूँजी बजारमा आउँदा सहुलियत दरमा ऋण प्रवाह गराई थप प्रोत्साहन गरिने छ। 

यसबाट उत्पादनमुलक क्षेत्रका र अर्बौ अर्ब पूँजी भएका कम्पनीहरु पूँजी बजारमा थपिन उत्साहित भएमा अहिले आंकलन गरिएको भन्दा अरु धेरै रकमको शेयर आईपीओको रुपमा बिक्रीमा आउने संभावनालाई नकार्न सकिन्न । 

बैंक तथा वित्तीय संस्थाहरुको डिवेञ्चर समेत बिक्रीको हिसाब गर्दा सर्वसाधारणले लगानी गर्नसक्ने धेरै विकल्पहरु हुन सक्छन्। 

यसरी शेयर, डिवेञ्चर र सामुहिक लगानी कोषका ईकाईहरु बिक्रीको बाढी नै आउँदा दोस्रो बजार कति खुम्चिएला वा विस्तारित बन्ला भन्ने कुरा भने अहिले नै यकिन गर्न सकिन्न।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।