लाभकर गणनाबारे ईन्भेष्टर्स फोरमले अर्थ मन्त्रालयमा गरेको गोप्य सहमति के थियो ?

Jul 18, 2019 09:26 PM Merolagani

नेपाल ईन्भेष्टर्स फोरमले भारित औसत लागत मूल्यमा शेयरको पूँजीगत लाभकर गणना गर्ने सहमति विपरित सरकारले लगानीकर्तामाथि झंझट निम्त्याएको भन्दै आन्दोलनको चेतावनी दिएको छ ।

फोरमका अध्यक्ष छोटेलाल रौनियारले बिहीबार साँझ बक्तब्य जारी गरी गत बर्ष पूँजीगत लाभकर गणनाबारे अर्थ मन्त्रालयमा धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र दलाल संघका प्रतिनिधिसहितको बैठकमा भएको सहमति अनुसार बजेटमा भारित औसत लागतमा लाभकर गणनाको ब्यवस्था भएको जिकिर गरेका छन् । 

रौनियारले गत बर्ष भारित औसत लागत मूल्यमा पूँजीगत लाभकर गणना गर्ने सहमति  भएको र लगानीकर्ताको कारोबार सम्बन्धी सम्पूर्ण विवरण सीडीएसकोे प्रणाली र शेयर दलालको कम्प्युटरमा रहेकाले सोही अनुसार हुनुपर्ने जिकिर गरेका छन् । आफुले बेचेको शेयरको पूँजीगत लाभकर आफैले निर्धारण कालागि लगानीकर्ता फेरि कागजी प्रक्रिया पुरा गर्न शेयर दलालको कार्यालयमा धाउनु पर्ने र अनाबश्यक झंझट ब्यहोर्नुपर्ने अबस्थाको अन्त्य नगरिए आन्दोलनमा उत्रिने चेतावनी रौनियारले दिएका छन् ।

सरकारले शेयर कारोबारमा पूँजीगत लाभकर भारित औसत लागतको आधारमा गर्ने भन्दै बजेटमार्फत नयाँ ब्यवस्था गरेपछि सीडीएससीले साउन १ गतेबाट शेयर दलालको कार्यालयहरुलाई नयाँ सफ्टवेयर दिएर प्रक्रिया अगाडि बढाएको छ । यसमा लगानीकर्ता स्वयं उपस्थित भएर आफुले बेचेको शेयरको भारित औसत लागत मूल्य प्रमाणित नगरे प्रतिकित्ता १०० रुपैयाँको दरले भारित औसत लागत गणना गरी पाँच प्रतिशत पूँजीगत लाभकर असुल गरिने सूचना जारी गरिएको छ ।

गत बर्ष हकप्रद र बोनसमा प्रतिकित्ता १०० रुपैयाँमै पूँजीगत लाभकर गणना गर्ने प्रयास सरकारले गरेको थियो । ईन्भेष्टर्स फोरम र शेयर दलालले गत बर्ष अर्थ मन्त्रालयमा गरेको बैठकमा लगानीकर्ताले पहिलेको कारोबार विवरण देखाउँन नसके प्रतिकित्ता १०० रुपैयाँमै भारित औसत लागत हिसाब गरी पूँजीगत लाभकर कट्टा गरिने सहमति भएकाले सोही सहमति लागू गरिएको सरकारी पक्षको दावी छ । फोरमले त्यसलाई अश्वीकार गरेपछि अब को सही भन्ने प्रश्न उब्जिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।