सुनको मूल्य उकोलो लाग्ने क्रम जारी, हालसम्मकै उच्च मूल्यमा कारोबार

Jul 19, 2019 12:45 PM merolagani

सुनको मुल्यमा शुक्रबार पनि बृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मुल्य ५ सय रूपैयाँले बढेर ६५ हजार ५ सय रूपैयाँमा पुगेको छ । करीव महिनादिन पहिले सूनकाे मूल्य यही बिन्दुमा पुगेकाे थियाे ।

बिहीबार ५ सय रूपैयाँले बढेर ६५ हजार रूपैयाँ पुगेको छापावाला सुनको मुल्य शुक्रबार पनि सोहि दरमा बढेर सबैभन्दा उच्च मुल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी माहासंघले जनाएको छ ।

त्यसैगरी शुक्रबार तेजाबी सुन प्रतितोला ६५ हजार २ सय रूपैयाँ र चाँदी ७७० रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार चाँदी ७६५ रूपैयामा खरिद बिक्री भएकोमा शुक्रबार तोलामा ५ रूपैयाँ बढेर ७७० रूपैयाँ पुगेको हो ।

पछिल्लो १ हप्तामा सुनको मुल्य १ हजार रूपैयाँले बढेको छ भने १ महिनामा प्रतितोला २ हजार ५ सय रूपैयाँले बढेको छ । त्यस्तै १ महिनामा चाँदीको मुल्य प्रतितोला ५५ रूपैयाँले बढेको छ ।

यसरी बढ्नुमा अमेरिका इरान व्यापारिक तनाव र सुनमा लाग्ने भन्सारदर वृद्धि रहेकोे व्यवसायीको भनाई छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।