प्रदेश ५ को सबै स्थानीय तहमा बैंकिङ्ग पहुँच, २३ स्थानीय तह अझै पहुँच बाहिर

Jul 19, 2019 05:25 PM Merolagani



चालु आर्थिक वर्ष २०७५/७६ को एघारा महिना सम्ममा प्रदेश पाँचका सबै स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ। राष्ट्र बैंकको अनुसार सात प्रदेश मध्ये प्रदेश ५ को १०९ वटै स्थानीय तहमा शाखा विस्तार भएको हो।

बाँकी प्रदेशमा भने अझै शाखा विस्तार गर्न बाँकी रहेको राष्ट्र बैंकको तथ्यांक छ। प्रदेश नम्बर १ मा एक स्थानीय तह, प्रदेश २, प्रदेश ३ र गण्डकी प्रदेशमा दूई÷दुई स्थानीय तहमा शाखा विस्तार गर्न बाँकी छ। यस्तै कर्णाली प्रदेशमा १० र सुदूर पश्चिम प्रदेशमा ८ स्थानीय तहमा अझै बाणिज्य बैंकहरुको पहुँच पुग्न सकेको छैन्।

nrb

कुल ७५३ स्थानीय तहमध्ये ७३० तहमा मात्रै वाणिज्य बैंकको पहुँच पुगेको हो। त्यस अनुसार अझै २३ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्न बाँकी छ। आर्थिक वर्ष २०७५/७६ को अन्त्य सम्ममा सबै स्थानीय तहहरुमा बैंकको शाखा विस्तार गर्न राष्ट्र बैंकले निर्देशन गरेको थियो।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या जेठ सम्ममा १७६ पुगेको छ। यो तथ्यांक २०७५ असार मसान्त सम्ममा १५१ वटा थियो । जेठ मसान्त सम्ममा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी र ९१ लघुवित्त वित्तीय संस्था र एक पुर्वधार विकास बैंक संचालनमा छन्। यस अवधि सम्ममा बैंक तथा वित्तीय संस्थारुको शाखा संख्या ८ हजार ५६४ पुगेको छ।

त्यसमा वाणिज्य बैंकको ३ हजार ५३९, विकास बैंकको १ हजार २५०, वित्त कम्पनीको २०५ र लघुवित्त वित्तीय संस्थाको ३ हजार ५७० गरी ८ हजार ५६४ वटा शाखा पुगेको हो।

यस अवधिमा कुल १६५ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रकृयामा सामेल भएका छन्। त्यस मध्ये १२३ वटा संस्थाहरुको इजाजत खारेज हुनगई ४२ संस्था कायम रहेको राष्ट्र बैंकको प्रतिबेदनमा उल्लेख छ।

nrb

 

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।