धितोपत्र बजार पूँंजीकरण ७.३% वृद्धि, करिब ५८ अर्ब रुपैयाँ धितोपत्र नेप्सेमा सूचीकृत

Jul 19, 2019 06:54 PM Merolagani



धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा ७.३ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ जेठ मसान्त सम्ममा धितोपत्र पूँजीकरण १५ खर्ब ७९ अर्ब ३९ करोड कायम भएको हो।

बजार पूँजीकरण वार्षिक विन्दुगत आधारमा २०७५ जेठ मसान्तमा २०.६ प्रतिशतले ह्रास भई १४ खर्ब ७१ अर्ब ८१ करोड कायम भएको थियो। समीक्षा अवधिको बजार पूँजीकरणको आर्थिक वर्ष २०७५/७६ को कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४८.६ प्रतिशत रहेको थियो ।

नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ जेठ मसान्तमा २१३ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १५२ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १९ वटा उत्पादन र प्रशोधन उद्योग, ३० वटा जलविद्युत कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

नेप्ससेमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७६ जेठ मसान्तमा ४ खर्ब १८ अर्ब ८७ करोड पुगेको छ । आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा २६ अर्ब ९९ करोड बराबरको साधारण शेयर, ९ अर्ब २६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, २० अर्ब ८९ करोड बराबरको बोनस शेयर र ७५ करोड १७ लाख बराबरको डिबेञ्चर गरी कुल ५७ अर्ब ९० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

२०७५ जेठ मसान्तमा १२४७.३ विन्दु रहेको नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा १.८ प्रतिशतले वृद्धि भई २०७६ जेठ मसान्तमा १२६९.६ विन्दु पुगेको हो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।