चेम्बरद्धारा व्यापार सहजीकरण गर्न सरकारको ध्यानाकर्षण

Jul 21, 2019 10:40 AM RSS



नेपाल चेम्बर अफ कमर्शले आर्थिक विधेयकमा राखिएका केही प्रावधानले व्यावसायिक उन्नयनमा कठिनाइ ल्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी आर्थिक क्षेत्रमा देखिएका विद्यमान व्यावसायिक कठिनाइ तथा ढुवानी व्यवसायका समस्याबारे जानकारी गराएका हुन्।

चेम्बरले ठूलास्तरका उद्योगबाट उत्पादित वस्तुको ढुवानीमा ‘भेइकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ प्रणाली’ लागू गरिनु सकारात्मक भए पनि स्थानीय छोटो दूरीको ढुवानीमा, उत्पादनकर्ता, आयातकर्ता, थोक बिक्रेता, वितरकको मालसामान ढुवानीमा सो व्यवस्था लागू नगर्न सुझाव दिएको छ।

अध्यक्ष श्रेष्ठले ढुवानीमा भ्याट लगाउँदा उपभोक्तालाई प्रत्यक्ष भार पर्ने र ढुवानी व्यवसायलाई भ्याटको दायरामा राखिँदा ढुवानीकर्तालाई व्यवहारिक कठिनाइ पर्नेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

एक हजारभन्दा बढीको खरीद बिक्रीमा अनिवार्य प्यान नम्बर चाहिने व्यवस्था विद्यमान बजार भाउको दृष्टिकोणले असान्दर्भिक भएको जानकारी गराउँदै उनले कम्तीमा पाँच हजारभन्दा बढीको खरीदमा मात्र प्यान नम्बर अनिवार्य गर्न सरकारलाई सुझाव दिए। अझै पनि नेपालमा धेरै भारतीय मजदुर रहेको सन्दर्भमा प्यानबिनाको भुक्तानीले वैधता नपाउने व्यवस्था लागू नगर्न आग्रह गरेका थिए।

सो अवसरमा प्रधानन्त्री ओलीले निजी क्षेत्रलाई परेको समस्या समाधान गर्न सहजीकरण गर्ने बताउनुभएको चेम्बरले जनाएको छ । चेम्बरको सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले राज्यले ल्याएको नीति, नियमको परिधिभित्र रहेर व्यपार, व्यावसाय गर्नुपर्नेमा जोड दिनुभएको थियो ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।