ओम डेभलपमेन्ट बैंकका शेयरधनीले घोषित लाभांश नपाउने, साउन २७ गते साधारण सभा आह्वान

Jul 21, 2019 12:45 PM Merolagani



ओम डेभलपमेन्ट बैंकले अघि प्रस्तावित लाभांश खारेज गरेर साउन २७ गते होटल पोखरा ग्राण्ड, पोखरामा बिहान साढे ९ बजे साधारणसभा बोलाएको छ।

एनएमबी बैंकसँग मर्जर प्रकृयामा रहेको ओमले एनएमबीसँग मर्जरमा जाने भएपछि यस अघि प्रस्तावित लाभांश खारेज गरि बिना लाभांश कम्पनीको बाह्रौं वार्षिक साधारणसभा आब्हान गरेको हो। 

यसअघि बैंकको २०७५ पुस २७ गते सम्पन्न बैंकको सञ्चालक समितिको १५९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई  १२.७० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।

बाह्रौं वार्षिक साधारण सभाले ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंकबीच भएको मर्जर प्रकृयालाई अन्तिम रुप दिनेछ। सभामा बैंकले मर्जरको लागि भएका सम्झौताहरु र मुल्यांकनकर्ताबाट प्राप्त शेयर स्वाप रेशियोलाई पारित गर्ने तथा मर्जर प्रकृयाको लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदानगर्ने विशेष प्रस्ताव लैजाने भएको छ।

मर्जरको प्रकृयाले गर्दा गतभदौ ३ गतेदेखि नै बैंकको शेयर कारोबार ठप्प रहेको छ । एनएमबी बैंकसंग मर्जर प्रकृया सकिएपछि मात्र बैंकको शेयर कारोबार खुल्नेछ।

यस अघि प्राइम कमर्सियल बैंकसँग एक्विजिशन जाने सैद्धान्तिक सहमति गरेको  बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको थिएन। त्यसबीचमा प्राइमसंग  सहमति भड्किएर  एनएमबि बैंकससँग मर्जरमा जाने सैद्धान्तिक सहमतिले  शेयरधनीले लाभांश नपाउने भएका हुन्।

प्राइम बैंकसँग कुरा नमिलेपछि ओमले २०७६ जेठ २ गते एनएमबि बैंकससँग मर्जरमा जाने सैद्धान्तिक सहमति गरेको थियो। मर्जरपछि एकिकृत साधारण सभा सम्पन्न गरी दुवै संस्थाका शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लाभांश वितरण गर्ने सहमति भएको छ।

हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रहेको छ भने ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड रहेको छ। एकीकृत बैंकको चुक्ता पूँजी साढे ११ अर्ब माथि पुग्नेछ।

मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनएमबी बैंकका हालका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहनेछन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।