शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा, शुन्य लाभांशको एजिएममा के-के छन् एजेण्डा ?

Jul 24, 2019 09:29 AM Merolagani

निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स (SICL) ले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ। कम्पनीले बिना लाभांश साउन २८ गते मंगलबार चौधौ वार्षिक साधारण सभा बोलाएको छ।

बीमा समितिले लागू गरेको एनएफआरएस प्रणाली अन्तर्गत कम्पनीले ठूलो रकम व्यवस्था तथा जगेडामा खर्चनुपर्ने भएपछि कम्पनीका शेयरधनीहरुको हात खाली हुने भएको हो। 

शिखर इन्स्योरेन्स गत आर्थिक वर्ष २०७४/०७५ मा एनएफआरएस बमोजिमको वित्तीय विवरण अनुसार ४५ करोड ५५ लाख र बीमा समितिको वित्तीय विवरण सम्बन्धि निर्देशन अनुसारको वित्तिय विवरणमा ३९ करोड ९२ लाख खुद नाफा आर्जन गरेको थियो। एक अर्ब पाँच करोड चुक्ता पूँजी  रहेको शिखर इन्स्योरेन्सको जगेडा कोषमा ४१ करोड ९ लाख छ सञ्चित छ।

साधारण सभामा कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने, बीमा समितिबाट बीमक कम्पनी गाम्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धि निदेर्शिका जारी भएको अवस्थामा मर्जरको प्रकृयाका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने तथा सञ्चालक समितिलाई सो कार्यका लागि पूर्ण अख्तियारी दिने एजेण्डा चौधौ वार्षिक साधारण सभामा मुख्य एजेण्डाको रुपमा लैजाँदैछ।

साथै कम्पनीले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशकिा बमोजिम कम्पनीको नियमावलीको नियम १२ संसोधन गरि ७ सदस्यीय सञ्चालक कायम गर्ने भएको छ। जसमा संस्थापक समूहबाट ४, सर्वसाधारण २ र एक स्वतन्त्र सञ्चालक रहनेछन् ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन १५ गतेदेखि बुकक्लोज गर्ने भएको छ। यसअनुसार साउन १४ गतेसम्म कायम शेयरधनीहरु साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।