बीमा समितिले ताेकेकाे चुक्ता पूँजी पुर्याएको शिखर इन्स्याेरेन्स यस कारण भयो हकप्रद बिक्री गर्न बाध्य

Jul 24, 2019 01:52 PM Merolagani

बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब पुर्याएको शिखर इन्स्योरेन्स व्यवसाय विस्तारको जोखिम बहन गर्ने क्षमता बढाउन हकप्रद बिक्री गर्न बाध्य भएको छ। 

शिखर इन्स्याेरेन्सले बीमा समितिको निर्देशन अनुसार न्यूनतम चुक्ता पूँजी कामय गरी सकेको भएपनि थप पूँजी वृद्धिको तयारी थालेको छ। चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्न प्रस्ताव पारित गर्न इन्स्योरेन्सले साउन २८ गते साधारण सभा बोलाएको हो।

एक अर्ब ५ करोड रुपैया चुक्ता पूँजी रहेको इन्स्यारेन्सलाई तत्काल चुक्ता पूँजी बढाउनुपर्ने नैतिक दवाब  भने छैन । तर पनि इन्स्याेरेन्सले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ३१ करोड ७१ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री गरी पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सले व्यवसायमा भईरहेको वृद्धिले ठूला जोखिम तथा सम्पत्तिहरुको बीमा गर्दा आफ्नो बहन क्षमताको विस्तार गर्न पूँजी वृद्धिको तयारी गरेको हो। इन्स्योरेन्स कम्पनी संचालक समितिको साउन ७ गते बसेको बैंठकले कम्पनीको नेटवर्थलाई थप वृद्धि गर्न आवश्यक रहेको र व्यवसायमा थप वृद्धि गर्नको लागि समेत कम्पनीको चुक्ता पूँजी वृद्धि गर्न आवश्यक रहेको औल्याएको छ ।

बीमा समितिले लागू गरेको एनएफआरएस प्रणाली अन्तर्गत कम्पनीले ठूलो रकम व्यवस्था तथा जगेडामा खर्चनुपर्ने भएपछि कम्पनीले लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छैन। यसले कम्पनीकाे जाेखिम बहन क्षमतामा थप टेवा पुग्छ ।

इन्स्यारेन्सको ३० प्रतिशत हकप्रद बिक्रीपछि चुक्ता पूँजी एक अर्ब ३७ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।