सबैको लघुवित्तको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुने, ४९ हजार ५२५ लाई दश कित्ता

Jul 25, 2019 06:09 PM Merolagani



सबैको लघुवित्तले सर्बसाधारणमा बिक्री गरेको ५ लाख कित्ता आईपीओ साउन १० गते शुक्रबार बिहान १० बजे बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको अनुसार क्यापिटलको कार्यालय लाजिम्पाटमा लघुवित्तको आईपीओ बाँडफाँड हुने भएको हो।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ४९ हजार ५२५ जनाले मात्रै गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ शेयर पाउनेछन् ।

सबैको लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको प्राथमिक शेयरमा ११.४८ गुणा बढी आवेदन परेको छ ।

कम्पनीको आईपीओमा ३ लाख ३ हजार २०८ आवेदनबाट ५६ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको ५६ लाख ८९ हजार ८३० कित्ता शेयर खरीदको लागि आवेदन परेको एनआईबिएल एस क्यापिटलले जनाएको छ।

लघुवित्तले साउन १ देखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये कम्पनीले ८ हजार २५० कित्ता शेयर लघुुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ४ लाख ९५ हजार २५० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिने छ ।

लघुवित्तको आईपीओमा आश्वा सदस्यता नवीकरण नगर्ने तिनाउ विकासबाट आवेदन गरिएको आवेदन समेत सदर हुने भएको छ। यसअघि आस्वा सदस्यता नवीकरण नगरेका बैंक तथा वित्तिय संस्थाबाट आएको आवेदन के गर्ने भन्ने विषयमा अन्यौल सृजना भएको थियो जसको कारण आईपीओ बाँडफाँड गर्न केहि ढिला भएको हो। बैंकले आस्वा सदस्य नवीकरण गरेपछि बैंकबाट परेको आवेदनलाई मान्यता दिइएको हो। 

आईपीओ बाँडफाँडपछि लघुवित्त कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ। लघुवित्तमा संस्थापकतर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी कायम छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।