आशा लघुवित्तको जगेडा कोषमा आकर्षक सुधार, नाफा २५३ प्रतिशतले बढ्यो

Jul 26, 2019 10:54 AM Merolagani

आशा लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा बढाएर आकर्षक प्रगति गरेको छ। ऋघिल्लो वर्षको तुलनामा कम्पनीले खुद नाफा २५३ प्रतिशतले बढाएको छ भने अन्य सूचकमा पनि उल्लेखनीय सुधार गरेको छ।

अघिल्लो वर्ष १ करोड १० लाख रुपैयाा खुद नाफा कमाएको कम्पनीले गत आर्थिक बर्षमा ३ करोड ९१ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो बर्षको तुलनामा कम्पनीको खुद नाफा २ करोड ८० लाख रुपैयाँले बढेको हो।

त्यस्तै लघुवित्तले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आकर्षक बृद्धि गरेको छ। कम्पनीले खुद ब्याज आम्दानी ८८.९४ प्रतिशतले बढाएको छ भने सञ्चालन नाफा १८६.९५ प्रतिशतले बढाएको छ ।

कम्पनीले समिक्षा अवधिमा रिजर्भ कोष ३ करोड ८८ लाख रुपैयाँले बढाएर मजबुद बनाउदै लगेको छ। अघिल्लो वर्ष ७६ हजार रुपैयाँ मात्रै रहेको रिजर्भ कोष यस बर्ष बढेर ३ करोड ८९ लाख ५० हजार रुपैयाँ पुगेको छ। त्यसैगरी कम्पनीले चुक्ता पुँजी पनि १४ करोड रुपैयाँबाट बढाएर २० करोड ७४ लाख रुपैयाँ पुर्याएको छ। 

गत आर्थिक बर्षको १२ महिनाको अवधिमा लघुवित्तले ४९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८९ करोड २६ लाख रुपैयाँ कर्जा लगानी ग।रेको छ। अघिल्लो वर्ष कम्पनीले २५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २७ करोड ५३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

त्यस्तै कम्पनीको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो बर्ष ०.७८ प्रतिशत रहेको खराब कर्जा गत बर्ष बढेर १.४९ प्रतिशत पुगेको छ।

चौथो त्रैमाससम्ममा यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ७८ पैसा र मुल्य आम्दानी अनुपात २०.९१ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।