रिलायन्स लाइफद्धारा दोस्रो साधारण सभा आह्वान, आईपिओ प्रस्ताव पारित गर्ने

Jul 28, 2019 11:00 AM Merolagani



रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथामिक शेयर (आईपिओ) निष्काशन गर्ने प्रकृया थालेको छ। इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रूपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने प्रकृया थालेको हो।

आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साउन ३१ गते इन्स्योरेन्सले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीको साउन १० गते बसेको ६४ औं बैठकले र्याडिसन होटलमा साउन ३१ शुक्रबार बिहान ११ बजे साधारण सभा बोलाएको हो। 

एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न प्रस्ताव साधारण सभामा गर्नेछ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ।

यस्तै साधारण सभाबाट आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव गर्दैछ।

इन्स्योरेन्सले यस अघि नै आईपिओ निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा सानिमा क्यापिटललाई दिइसकेको छ।

सिद्धार्थ बैंक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरूद्वारा प्रर्वद्धित रिलायन्स लाइफ इन्स्योरेन्सले २०७४ मंसिर १ गतेदेखि विधिवत् रूपमा कारोबार शुरू गरेको थियो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।