कच्चा तेलको मूल्यमा २०१९ कै सबैभन्दा ठूलो गिरावट, ७ प्रतिशत घट्याे

Aug 02, 2019 03:23 PM Merolagani



विश्व बजारमा बिहीबार कच्चा तेलको मूल्य ठूलो मात्रामा घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा ३०० अर्ब डलरको चिनीयाँ सामानमा १० प्रतिशत अतिरिक्त शुल्क लगाउने घोषणा गरेसँगै बिहीबार कच्चा तेलको मूल्यमा ७ प्रतिशतको गिरावट देखिएको हो। कच्चा तेलको मूल्यमा देखिएको यो गिरावट सन् २०१९ कै उच्च रहेको बताइएको छ। 

अर्कातिर अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएसँगै तेलको भाउ घटेको बताइएको छ । बिहीबार ब्रेन्ट क्रुडको भाउ अघिल्लो दिनको तुलनामा प्रतिब्यारेल १ डलर ११ सेन्टले घटेर प्रतिब्यारेल ६३ डलर ९४ सेन्टसम्म आइपुगेको थियो । 

ट्रम्पले चीन अमेरिकाको कृषि उत्पदानको ठूलो मात्रा खरिद गर्ने र अमेरिकामा कृत्रिम लागुऔषधको बिक्री रोक्ने बचन पूरा गर्नबाट असफल रहेको आरोप लगाए । जसका कारण अमेरिका र चीनमा व्यापार युद्ध बढ्ने देखिएको छ ।

ट्रम्पले चीनबाट आयात हुने ३०० अर्ब डलरको चिनियाँ उत्पादनमा १० प्रतिशत अतिरिक्त शुल्कको घोषणा गरेका छन् । यो १ सेप्टेम्बरबाट जारी हुने बताइएको छ ।

-एजेन्सी




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।