ग्रामीण विकास लघुवित्तको बोलकबोल खुला, कटअफ प्राइस कति ?

Aug 06, 2019 06:30 PM Merolagani



ग्रामीण विकास लघुवित्त (GBLBS) ले साउन ८ गते देखि लिलामी ल्याएको शेयरको बोलपत्र खुला गरेको छ। लघुवित्तले लिलामीमा लाएको कूल लाख ८२ हजार ८४४ कित्ता लिलामी शेयरको गोप्य शिबन्दी बोलपत्र सोमबार खुला भएको हो।

लघुवित्तको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको प्रारम्भिक तथ्यांक अनुसार सर्वसाधारण समूह तर्फ ३२२ रुपैयाँ ५१ पैसा कट अफ प्राइस कामय भएको छ।

यस्तै संस्थापक समुह तर्फको १६२ रुपैयाँ कट अफ प्राइस कायम भएको छ। यो तथ्यांक प्रारम्भिक भएकोले कटअफ प्राइस तलमाथि हुने सक्नेछ।

लघुवित्तको हकप्रदमा बिक्री नभएको ३ लाख ९२ हजार ३९३ संस्थापक र एक लाख ९० हजार ४५१ कित्ता सर्वसाधारण समुह तर्फको शेयर लिलामीमा ल्याएको थियो।

कम्पनीले बैशाख २७ देखि जेठ ३० गते सम्म १ः५० अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद निष्काशन गरेको थियो। त्यसमध्ये २६ लाख ९२ हजार १ सय ५६ कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी रहेको शेयर लिलामीमा निकालेको थियो।

हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद बिक्री पश्चात चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।