एभरेष्ट इन्स्योरेन्सको अवितरित हकप्रद साउन २९ गते देखि खुल्दैछ लिलामीमा किन्ने अवसर

Aug 07, 2019 11:00 AM Merolagani



एभरेष्ट इन्स्योरेन्स (EIC) को ५ लाख २९ हजार ७८० कित्ता शेयर साउन २९ गते देखि लिलामीमा किन्ने अवसर लगानीकर्ताहरुलाई प्राप्त हुने भएको छ। इन्स्योरेन्सले गत जेठ १४ गते देखि असार १६ गते बिक्रीमा ल्याएकोमा हकप्रदमा बिक्री नभएर बाँकी रहेको उक्त शेयर लिलामी मार्फत बिक्रीमा आउने भएको हो।

इन्स्योरेन्सले संस्थापक तर्फको १ लाख ४६ हजार ५७५ कित्ता र सर्वसाधारण तर्फको ३ लाख ८३ हजार २०५ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउने भएको हो। इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

लिलामी शेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नायणचौर नक्साल, एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय हात्तिसार, काठमाडौंमा बोलपत्र आबेदन पेश गर्न सकिनेछ । यस्तै सिद्धार्थ बैंकको विराटनगर, वित्र्तामोड, वीरगञ्ज, जनकपुर,, हेटौंडा, नारायगढ, पोखरा, बाग्लुङ्ग, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरको शाखा कार्यालहरुबाट समेत बोलपत्र पेश गर्न सकिनेछ ।

बोलपत्र पेश गर्दा संस्थापक र सर्वसाधारण दुबैं समुहतर्फको लागि न्युनतम एक सय कित्ता वा त्यस भन्दा बढीको लागि १० अंकले भाग जाने संख्याको लागि आबेदन गर्न सकिनेछ। अधिकत्तम सबै कित्ताको लागि बोलपत्र पेश गर्न सकिन्छ।

बीमा समितिको निर्देशन अनुरुप एक अर्ब पूँजी कायम गर्न एभरेष्टले जेठ १४ गते मंगलबारदेखि चुक्ता पूँजीको तीन सय प्रतिशत हकप्रद बिक्रीमा ल्याएको थियो। १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद जारीपश्चात एभरेष्टको चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

इस्योरेन्सको शेयर अहिले प्रतिकित्ता ३५२ रुपैयाँको हराहरीमा दोस्रो बजारमा कारोबार भैरहेको छ । शेयर बजार सूस्त भैरहेको समयमा बिक्रीमा लिलामी बिक्रीमा आउन लागेको शेयर लगानीकर्ताले सस्तो मूल्यमा नै बोलि लगाएर प्राप्त गर्नुसकेको खण्डमा लिलामी बजारबाट समेत फाइदा गर्नसक्ने सम्भावना देखिन्छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।