नेको इन्स्योरेन्समा अशोक खड्काले सम्हाले सीईओको कार्यभार

Aug 07, 2019 01:28 PM Merolagani



नेको इन्स्योरेन्स (NIL) मा प्रमुख कार्यकारी अधिकत (सीईओ) को कार्यभार अशोक कुमार खड्काले सम्हालेका छन्। उनले साउन २२ गते बुधबारदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतको पद सम्हालेका हुन् ।

चार वर्षदेखि डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेको खड्कालाई बढुवा गरी संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो।   खड्का ४ वर्षसम्म नेको  इन्स्योरेन्सको प्रमुख कार्यकारी पदमा रहनेछन् ।

बैंकिङबाट करियर सुरु गरेका खड्का विगत चार वर्ष देखि नेको इन्स्योरेन्स मै कार्यरत थिए ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।