अमेरिकासहित विश्वभरको शेयर बजारमा भारी गिरावट

Aug 07, 2019 03:09 PM Agency

अमेरिका–चीनको व्यापार युद्ध बढ्दै गएसँगै अमेरिका समेत विश्वभरका अधिकांश देशको शेयर बजारमा गिरावट देखिएको छ । अमेरिकी शेयर बजारको गिरावटसँगै त्यहाँका पाँच प्रमुख कम्पनीको बजार पूँजीकरण एक खर्ब ६२ अर्ब डलरको नोक्सान भएको छ । 

माइक्रोसफ्ट, एप्पल, अमेजन, अल्फाबेट र फेसबुक जस्ता ५ ठूला प्रविधि कम्पनीको शेयरमा ३ प्रतिशतको गिरावटका कारण कुल बजार पूँजीकरण घटेको हो । अमेरिकी शेयर बजारमा यो वर्ष देखिएको यो सबैभन्दा ठूलो गिरावट हो ।

चीनको आयातित सामानमा नयाँ शुल्क लागेसँगै एप्पलको उत्पादन पनि प्रभावित हुने विश्लेषकहरुले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता चीनबाट आयात हुने ३०० अर्ब डलरको सामानमा सेप्टेम्बर १ देखि लागू हुने गरेर १० प्रतिशत अतिरिक्त शुल्क लगाउने घोषणा गरेका थिए । योसँग विश्वका दुई ठूला अर्थतन्त्र भएका देशका बीच व्यापार युद्धको स्थिति बिग्रदै गएको बताइएको छ । एजेन्सी 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।