नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Aug 08, 2019 10:53 AM Merolagani

नेपाल इन्स्योरेन्स (NICL) को लाभांश सुरक्षित गर्ने साउन २३ गत बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले गत वर्षको कमाईबाट प्रस्ताव गरेको साढे सात प्रतिशत बोनस शेयर प्रयोजनको लागि साउन २४ गतेदेखि बुकक्लोज गर्ने भएकाले बिहीबारसम्म कायम भएका शेयरधनीले मात्र इन्स्योरेन्सको वोनस पाउनेछन् । 

कम्पनीले लाभांश वितरण गर्न भदौ ८ गते ७० औं वार्षिक साधारण सभा आब्हान गरेको छ। कम्पनीले गत आवको बोनसमा कर प्रयोजका लागि ४० लाख २२ हजार रुपैयाँ प्रस्ताव गरेपनि नियामक निकाय बीमा समितिले अस्वीकृत गरेपछि लगानीकर्ता आफैँले कर तिर्नुपर्ने भएको छ।

साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने मुख्य एजेण्डा रहेको छ।

नेपाल इन्स्योरेन्सको शेयर बुधबार दोस्रो बजारमा प्रतिकित्ता ३४८ रुपैयाँमा कारोबार भइरहेको छ । 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।