सनराइज बैंकको एकै दिन दुई शाखा विस्तार

Aug 12, 2019 12:07 PM Merolagani



सनराइज बैंकले एकै दिन दुई शाखा विस्तार गरेको छ । बैकले गुल्मीको तम्घासमा ११८ औं शाखा र पर्वतको कुश्मामा ११९ औं शाखा तथा लालितपुरको सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको हो ।

बैंकले आइतबार एक कार्यक्रम आयोजना गरी पर्वतको कुश्मामा कुश्मा नगरपालिकाका मेयर राम चन्द्र जोशी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । यस्तै सोही कार्यक्रममा पर्वतका प्र जि अ घिमिरे र बैंकका प्रमुख कार्यकारी  पौड्यालले संयुक्त रूपमा ए.टि.एमको पनि उद्घाटन गरेका हुन् । 

यस्तै गुल्मी स्थित तम्घासमा रेशुङ्घा नगरपालिकाका मेयर डिल्ली राज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ भुपाल पोखरेलले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
यसैगरी आइतबार नै ललितपुर महानगरपालिका स्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र बैंकका सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले संयुक्त रूपमा एक्टेन्सन काउन्टरका उद्घाटन गरेका छन् ।
यससंगै बैंकले ११९ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३७ वटा ए.टि.एम पुगेको बैंकले जनाएको छ ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।