सिभिल बैंकको दुहवी शाखा सञ्चालनमा

Aug 12, 2019 12:21 PM Merolagani



सिभिल बैंक (CBL)ले सुनसरीको दुहवीमा शाखा विस्तार गरेकाे छ । शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गरेका हुन् ।

उद्घाटन कार्यक्रमका दुहवी नगरपालिकाका नगर प्रमुख गच्छदारले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुग्ने बताए ।