एनसीसी बैंकको बोनस पश्चात शेयरमूल्य समायोजन, आइतबारको कारोबार रद्ध हुने

Aug 12, 2019 01:22 PM merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनसीसी बैंकको १५.८९ प्रतिशत बोनस लाई समायोजन गरेर सोमबारदेखि शेयर कारोबार खुला गरेको छ। 

नेप्सेले बैंकले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनसको आइतबार शेयरमूल्य समायोजन गर्नुपर्ने भएपनि शेयरमूल्य समायोजन नगरी कारोबार खुला गरेर केही घण्टामा कारोबार रोक्का गरेको थियो।

यससँगै आइतबार भएको बैंकको १२ वटा शेयर कारोबार समेत रद्ध हुने भएको छ। बैंकले नेप्सेलाई दिएको सूचनामा बोनसको बुकक्लोज स्पष्ट रुपमा नखुलाएकाले मूल्य समायोजन हुन नसकेको नेप्सेको दाबी छ ।

आइतबार एनसीसी बैंकको १२ वटा कारोबारमा भएको थियो । शेयरमूल्य समायोजन नभई भएका उक्त कारोबार रद्ध गरिने नेप्सेले जनाएको छ । उक्त कारोबारमा तीन हजार १० कित्ता शेयर ६ लाख ७४ हजार ७०० रुपैयाँ बराबरमा कारोबार भएको थियो।

दिनभर मूल्य समायोजनको सूचना नदिएको नेप्सेले साँझ मात्र शेयरमूल्य समायोजन भएको सूचना जारी गरेको हो। यसै विषयलाई लिएर नेप्से र एनसीसी बैंकसँग छलफल गरिने पनि उक्त स्रोतले जानकारी गराएको छ । 

एनसीसी बैंकको १५.८९ प्रतिशत बोनस पछिको मूल्यप्रतिकित्ता २०८ रुपैयाँ ८२ पैसामा शेयरमूल्य समायोजन भई साउन २७ गते सोमबार कारोबार खुला भएको हो। समायोजन पश्चात पनि बैंकको शेयरमूल्य घटेको छ । बैंकको १८० दिनको औषत आधार मूल्य २२८ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

बैंकले प्रस्तावित बोनस शेयर पारित गर्न भदौ २३ गते सोमबार बीसौं र एक्काईसौं साधारण सभा बोलाएको छ । साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा विहान ११ बजे हुनेछ।  साधारण सभाका लागि बैंकले साउन २६ गते आइतबार बुकक्लोज मिति निर्धारण गरेको थियो।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।