सानिमा क्यापिटलको सेवा अब पुतलीसडकबाट

Aug 13, 2019 09:46 AM Merolagani



सानिमा क्यापिटलले आफ्नो ठेगाना परिवर्तन गरेको छ । यसअद्धि नारायणचौर नक्सालबाट सेवा दिँदै आइरहेको क्यापिटलले साउन २८ गतेदेखि पुतलिसडकबाट सेवा दिने भएको हो।

सानिमा क्यापिटलले पुतलीसडकमा रहेको शेयर मार्केट कमर्शियल कम्प्लेक्स् दोस्रो तल्लाबाट आफ्नो सेवा प्रवाह गर्ने जनाएको छ ।

सानिमा क्यापिटल मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्न खोलिएको सानिमा बैंकको सहायक कम्पनी हो।

सानिमा क्यापिटलले शेयरसम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने, शेयर रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने  जस्ता शेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु तथा लगानी व्यवस्थापन सेवा समेत प्रदान गर्दै आइरहेको छ ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।