पहिलो खुल्लामुखी योजना 'एनआइबिएल सहभागिता फण्ड' को असोज देखि कारोबार हुने

Aug 13, 2019 12:52 PM Merolagani



नेपालकै पहिलो खुल्लामुखी योजना 'एनआईबिएल सहभागिता फण्ड' को खरीद बिक्री २०७६ असोज २६ गते देखि सुरु हुने भएको छ। फण्डको योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले उक्त जानकारी दिएको हो।

मंगलबार एनआईबिएल एस क्यापिटलले फण्डको प्राथमिक निष्कासनमा बिक्री भएका इकाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गराई लागानीकर्ताको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।

फण्डको १० रुपैयाँका दरले २० करोड रुपैयाँ बराबरको २ करोड इकाई सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता गराई साउन २३ गते इकाईधनीको डिम्याट खातामा जम्मा गरेको हो। 

खुल्लामुखी फण्डको इकाई नेप्सेमा सूचीकृत भएर खरिद बिक्री नहुने हुँदा क्यापिटलले खरीद बिक्री केन्द्रको टुङ्गो छिट्टै लगाउने बताएको छ।

खुलामुखी प्रकृतिको उक्त फण्डको इकाई एनआईबिएल एस क्यापिटल तथा तोकिएको बिक्री केन्द्र मार्फत मात्र खरिद बिक्री हुनेछ।

नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको सो फण्ड नेपालकै पहिलो खुल्लामुखी योजना हो।  एनआईबिएल सहभागिता फण्डको गत जेठ १९ गतेदेखि असार १६ गतेसम्म इकाई बिक्री खुल्ला गरि असार २५ गतेसम्म सर्वसाधारणमा बाँडफाँड गरिएको थियो।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने खुलामुखी प्रकृतिको भएकोले यस फण्डको इकाई नेप्से सूचीकृत भएर खरिद बिक्री हुँदैन । यस्तै इकाई परिपक्कको अवधि पनि रहँदैन। योजना व्यवस्थापक र कोष प्रवद्र्धक आफैँ वा अन्य संस्थालाई वितरक तोकि खरिद बिक्रीको व्यवस्था हुनेछ।

खुलामुखी म्युुचुुअल फण्डमा यसको इकाई, लगानी वा समयको कुनै सीमा हुँदैन। सञ्चालनमा रहेको अन्य बन्दमुखी फण्डको जस्तो परिपक्व हुने कुनै निश्चित अवधि तोकिएको हुँदैन भने कुनै पनि समयमा लगानीकर्ताले सम्बन्धित स्किमको इकाई किन्न वा बेच्न सक्ने सुविधा खुलामुखी म्युुचुुअल फण्डमा हुन्छ । यस्तोे फण्डमा अहिले प्रचलनमा रहेजस्तो इकाई निष्काशनको समय वा दोश्रो बजारबाट मात्र लगानी गर्नुपर्ने बाध्यता रहँदैन।

नेपालमा अहिलेसम्म खुलामुखी कोष सञ्चालनमा नआएपनि विश्वबजारमा भने अधिकांश खुलामुखी (ओपन इण्डेड) सामूहिक लगानी कोष सञ्चालनमा रहेको पाइन्छ।

खुलामुखी प्रकारका कोषले लगानीकर्ताको मागअनुसार जति पनि संख्यामा इकाइहरू जारी वा बिक्री गर्न सक्छ। त्यसरी संकलन गरेको सबै रकम कोष व्यवस्थापकले तुरुन्तै लगानी गर्ने भएकाले यस्ता कोषका इकाइ दोस्रो बजारमा प्रायजसो प्रतिइकाई खुद सम्पत्ति मूल्य (एनएभीमा) नै खरिद बिक्री हुनेगर्छ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।