घलेम्दी जलविद्युत आयोजनाको आन्तरिक परीक्षण सफल

Aug 13, 2019 03:51 PM Merolagani



निजी क्षेत्रबाट निमार्ण गरिएको पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजनाको आन्तरिक परीक्षण सफल भएको छ। आयोजना वि.सं. २०७१ बाट निर्माण थालिएको थियो।

यसअघि एक महिना अगाडि परीक्षण उत्पादन गर्ने तयारी गरिएपनि आयोजनाको इन्टेकको बाँध हुँदै टनेलभित्र बाढी पसेर क्षति पुगेपछि परिक्षण उत्पादन धकेलिएको थियो। आयोजनाले व्यावसायिक उत्पादनका लागि बाँधदेखि पावर हाउससम्मको सम्पूर्ण संरचना तयार समेत गरेको छ। 

अबको एक महिना परीक्षण उत्पादन गरि आयोजनाबाट उत्पादित विद्युत्त तातोपानी साना जलविद्युत हुँदै केन्द्रीय प्रसारणमा जोडिनेछ ।

आयोजना उत्पादिन विद्युत्त वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिटका दरले प्राधिकरणले वार्षिक साढे १३ करोड रुपैयाँ बराबरको विद्युत खरीद गर्नेछ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको घलेम्दी खोलामा निर्माण गरिएको यो आयोजना म्याग्दीमा व्यावसायिक विद्युत उत्पादन गर्ने पहिलो निजी क्षेत्रको जलविद्युत आयोजना हो।

म्याग्दीमा निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक २०७१ सालबाट निर्माण थालिएको आयोजनाको सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाको पहिलो चरणमा उत्पादन भएको विद्युत्लाई दानामा सबस्टेशन निर्माणाधीन अवस्थामै रहेकाले तातोपानी साना जलविद्युत् आयोजनाको प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ ।

निर्माणाधीन दाना सबस्टेशन सञ्चालनमा नआउन्जेलसम्म तातोपानी साना जलविद्युत् आयोजनाको प्रसारण लाइनमार्फत नै प्रसारण गरिने कम्पनी सचिव रिजालले बताए ।

म्याग्दीका उद्योगी, व्यवसायी र सर्वसाधारणको गरी कूल ९२ करोड लगानीमा शुरु गरिएको घलेम्दी जलविद्युत् आयोजनाको लागत बढेर १२० करोड पुग्ने अनुमान गरिएको जलविद्युत् आयोजनाका कम्पनी सचिव रिजालले जानकारी दिए।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।