हिमालयन डिष्टिलरीको चुक्ता पूँजी ३८ करोड, खुद नाफा कमायो ५१ करोड

Aug 15, 2019 07:41 AM Merolagani

३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन डिष्टीलरी(HDL)ले गत बर्ष ५१ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रति शेयर आम्दानी १३३ रुपैयाँ कायम गरेको छ ।

कम्पनीले अघिल्लो बर्ष भन्दा गत बर्ष खुद नाफा ७५.४५ प्रतिशतले बढाएर २९ करोडबाट ५१ करोड ४९ लाख नघाएको हो । उत्पादन बिक्रीबाट भएको आम्दानीमा बढोत्तरी भएपछि कम्पनीको खुद नाफा बढेको चौथो त्रैमासको बित्तीय विवरणमा देखाईएको छ । अहिले प्रतिकित्ता १५४४ रुपैयाँ शेयर मूल्य रहेको कम्पनीको मूल्य आम्दानी अनुपात १२ गुणा हाराहारीमा हुन आउँछ भने प्रतिशेयर नेटर्व २५० रुपैयाँ छ ।

मदिराजन्य पेय पदार्थ उत्पादन गरेर बिक्री वितरण गर्दै आएको कम्पनीको शेयरधनी कोषमा ९३ करोड भन्दा बढी छ । कम्पनीमा केही समय अघि संस्थागत सुशासनको समस्या देखिएकोमा अहिले त्यसमा केही सुधार आएको संकेत मिलेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।