शिवम् सिमेन्ट्सले खुद नाफा बढाएर यसरी कमायो डेढ अर्ब, प्रतिशेयर आम्दानी कति ?

Aug 15, 2019 09:19 AM Merolagani



केही समय अगाडि प्रिमियम मूल्यमा शेयर बिक्री गरी शेयर बजारमा चर्चामा आएको शिवम् सिमेन्ट्स(SHIVM) ले अघिल्लो वर्ष भन्दा ३६ करोड रुपैयाँले खुद नाफा बढाई एक अर्ब ५० करोड कमाएको छ।

उसले अघिल्लो वर्ष एक अर्ब १४ करोड खुद नाफा कमाएकोमा सिमेन्टसले बिक्री बढाई खुद नाफा आर्जनमा बढोत्तरी गरेको हो ।

चार अर्ब ४० करोड चुक्ता पूँजी रहेको शिवमको बोनस मात्रै वितरण गर्नुपर्ने रकम ९३ करोड र शेयरधनी कोषमा तीन अर्ब २२ करोड छ।

उसको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७ गुणा हाराहारीमा रहेको छ ।

सिमेन्ट उद्योगहरुबीचमा आगामी दिनमा हुने मूल्य र गुणस्तर प्रतिस्पर्धाले कम्पनीको अवस्थामा फरक पार्नसक्ने सम्भावना छ ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।