शिवम् सिमेन्ट्सले खुद नाफा बढाएर यसरी कमायो डेढ अर्ब, प्रतिशेयर आम्दानी कति ?

Aug 15, 2019 09:19 AM Merolagani

केही समय अगाडि प्रिमियम मूल्यमा शेयर बिक्री गरी शेयर बजारमा चर्चामा आएको शिवम् सिमेन्ट्स(SHIVM) ले अघिल्लो वर्ष भन्दा ३६ करोड रुपैयाँले खुद नाफा बढाई एक अर्ब ५० करोड कमाएको छ।

उसले अघिल्लो वर्ष एक अर्ब १४ करोड खुद नाफा कमाएकोमा सिमेन्टसले बिक्री बढाई खुद नाफा आर्जनमा बढोत्तरी गरेको हो ।

चार अर्ब ४० करोड चुक्ता पूँजी रहेको शिवमको बोनस मात्रै वितरण गर्नुपर्ने रकम ९३ करोड र शेयरधनी कोषमा तीन अर्ब २२ करोड छ।

उसको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७ गुणा हाराहारीमा रहेको छ ।

सिमेन्ट उद्योगहरुबीचमा आगामी दिनमा हुने मूल्य र गुणस्तर प्रतिस्पर्धाले कम्पनीको अवस्थामा फरक पार्नसक्ने सम्भावना छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।