इन्भेष्टमेन्ट बैंकको २८ लाख कित्ता शेयर सूचीकरण

Aug 15, 2019 06:01 PM Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को २७ लाख ९८ हजार ४१९ कित्ता शेयर साउन २९ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरण भएको छ । 

बैंकले जेबिल्स फाइनान्स प्राप्ती पश्चात जेबिल्स फाइनान्स तर्फको शेयर स्वाप रेसियो अनुसार मिलान गराई नेप्सेमा सूचीकरण गरेको हो।

नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १००:३३ को अनुपातमा एक्वायर गरेको हो। बैंकले जेबिल्स फाइनान्सलाई एक्वायर गरी असार ३० गते सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।

प्राप्ती अघि जेविल्स फाइनान्सको ८३ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।