सिटिजन्स बैंकको भिएस निकेतन स्कूलमा ए.टि.एम सञ्चालनमा

Aug 16, 2019 06:21 PM Merolagani

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले काठमाडौंको मीनभवनस्थित भिएस निकेतन स्कूलमा एटिएम सेवा शुभारम्भ गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल तथा भि एस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन्।

मीनभवनस्थित एटिएमबाट स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनतानिकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

“योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी, मिति २०६४ बैशाख ७ गते देखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंगिङ्ग सेवा पु¥याँउदै आएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यस बैंकले आर्थिक वर्ष २०७५/०७६ मा७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरिे बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७८ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिब चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ।

सका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।