भारतीय रणनीतिक साझेदार रहेकाे युनाइटेड फाइनान्सले गर्याे उल्लेख्य प्रगति

Aug 18, 2019 12:02 PM merolagani

युनाईटेड फाइनान्स(UFL)ले गत आर्थिक वर्षका चौंथो त्रैमासमा १३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा फाइनान्सको खुद नाफा ८८ प्रतिशत अर्थात ६ करोड २३ लाख रुपैयाँले सुधार भएको देखिन्छ । 

अघिल्लो वर्ष फाइनान्सले ७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष फाइनान्सले वैदेशिक रणनीतिक साझेदारमा लगानी भित्र्र्याएको  हो । फाइनन्सले भारतको कोचीस्थित मुत्तूट फाइनान्सलाई १९० रुपैयाँका दरले २१ लाख कित्ता संस्थापक एफपिओ बिक्री गरेर वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्र्याएको हाे । 

चुक्ता पूँजी एक अर्ब एक करोड ५ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २२ करोड ३३ लाख रुपैयाँ र शेयरधनी कोषमा १६ करोड ४६ लाख रुपैयाँ गरी कुल ३८ कारोड ८० लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिसम्ममा ६ अर्ब ५५ करोड ७५ लाख रुपैयाँ निक्षेप गरेको फाईनान्सले ६ अर्ब १९ करोड ७६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

गत आर्थिक वर्षमा फाइनान्सले ३० करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी ६ करोड ७० लाख रुपैयाँ अर्थात २७.६८ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष फाइनान्सले २४ करोड २१ लाख रुपैयाँ खदु ब्याज आम्दानी गरेको थियो ।

फाइनान्समा निष्कृय कर्जा अनुपात ०.६५ प्रतिशत छ । फाइनान्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।