जलविद्युत आयोजनामा बैदेशिक लगानी भित्र्याउन डलरमा पीपीए सम्झौता गर्ने तयारी

Aug 18, 2019 05:24 PM merolagani

नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाहरुमा बैदेशिक लगानि भित्र्याउन डलरमा विद्यिुत खरिद सम्झौता (पीपीए) गर्ने तयारी गरेको छ । 

प्राधिकरणको ३४ औ बार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा उर्जामन्त्री बर्षामान पुनले बैदेशिक लगानी भित्र्याउन सय मेगावट भन्दा माथिका आयोजनामा नेपाल विद्युत प्राधिकरणले डलरमा बिद्युत खरिद सम्झैता गर्ने तयारी गरिरहेको बताए । 

आगामी १० बर्षमा जलविद्युत आयोजना निर्माण तथा उत्पादनको लागि मात्र ३० खर्ब रकम आवश्यक पर्ने भएकाले त्यो हामीले मात्र लगानी गर्न नसक्ने हुँदा बैदेशिक लगानी भित्र्याउनु आवश्यक रहेको बताए ।

जलविद्युत आयोजना निर्माणको लागि चाहिने रकमको लागि जनताको जलविद्युत कार्यक्रम अन्तरगत सर्बसाधारणबाट थोरै थोरै गरेर ७ खर्ब रुपैयाँ उठाउने, बैंकहरु तथा बिभिन्न कोषहरुबाट र लगानीकर्ताहरुबाट रकम उठाउने र त्यसभन्दा बाहेक बैदेशिक लगानी भित्र्याइने पुनले जनाए । बैदेशिक लगानीको लागि हेजिङ्ग सम्बन्धि ब्यवस्था समेत गरीएको छ ।

बार्षिकोत्सवको अवसरमा पुनले नेपाल विद्युत प्राधिकरणले यस बर्ष इतिहासकै उत्कृष्ठ नतिजा ल्याउन सफल भएको बताए । उनले आगामी दिनमा नेपाल विद्युत प्राधिकरणलाई १ नम्बरको संस्था बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । प्राधिकरणलाई उत्कृष्ट सरकारी संस्थान बनाउन प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको समेत  बताए।

गत बर्ष ७ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको बिद्युत प्राधिकरणलाई आगामी बर्ष साढे ८ अर्ब भन्दा धेरै नाफामा लैजाने बताए ।

प्राधिकरणले लोडसेडिङ्ग अन्त्यका लागि चालु आर्थिक बर्षमा भारतबाट २ अर्ब ८१ करोडको बिजुली आयात गरिएको छ भने २४ करोडको बिजुली निर्यात गरिएको छ ।

प्रादेशिक कार्यलयमा पनि छुट्टै आय ब्याय राख्ने

नेपाल बिद्युत प्राधिकरणले प्रदेश स्तरमा स्थापना गरेका प्रादेशिक कार्यलयको छुट्टै आय ब्याय राख्ने तयारी गरेको छ ।

कार्यक्रममा कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले संस्था पुर्नसंरचना गरेकाले चालु बर्षदेखि प्रादेशिक कार्यालयको हिसाब किताबको वित्तीय विवरण छुट्टाछुट्टै सार्वजनिक गर्ने तयारी गरिएको बताए ।

प्राधिकरणले हालसम्म ७८ प्रतिशत नेपाली जनतामा विद्युत सेवा पुर्याएको छ भने २२ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुर्याउन बाँकी छ । उनले आगामी २ बर्ष भित्रमा सबै क्षेत्रमा विद्युतीय पहुँच पुर्याउने बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।