विद्युत प्राधिकरण नाफामा गएपछि कर्मचारीलाई मालामाल, आकर्षक भत्ता याेजना

Aug 18, 2019 06:21 PM Merolagani



नेपाल विद्युत प्राधिकरण नाफामा गएपछि हरेक कर्मचारीले ७ हजार प्रोत्साहन भत्ता पाउने भएका छन्। विगतमा केहि वर्ष अघि घाटामा रहेको प्राधिकरणले नाफा कमाउन थालेपछि कर्मचारीलाई प्रोत्साहन स्वरुप भत्ता दिने निर्णय गरेको हो।

२०७२/०७३ सम्म ८ अर्ब ९० करोड रुपैयाँ घाटामा रहेको प्राधिकरणले २०७३/०७४ देखि नाफा कमाउन सुरु गरेको थियो । २०७५/०७६ मा आईपुग्दा प्राधिकरणको नाफा ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ। 

वार्षिकोत्सव कार्यक्रममा कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वर्ष विद्युत चुहावट कम गरेर अझै नाफा बढाउने बताए। प्राधिकरणले आगामी वर्ष साढे ८ अर्बभन्दा धेरै नाफा कमाउने लक्ष्य राखेको छ ।

 

नाफा बढ्दै गएपछि प्राधिकरणले ३४ औं वार्षिकोत्सवको अवसरमा हरेक कर्मचारीलाई ७ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । कार्यक्रममा उर्जामन्त्री बर्षमान पुनले यस्तो निर्णय गरेका हुन्

प्राधिकरणले लोडसेडिङ्ग अन्त्यका लागि चालु आर्थिक वर्षमा भारतबाट २ अर्ब ८१ करोडको विद्युत्त आयात गरिएको छ भने २४ करोडको विद्युत्त निर्यात गरिएको छ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।