नाडा अटाे साे भदाै १० देखि भृकुटी मण्डपमा हुने

Aug 18, 2019 06:41 PM merolagani



काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो  हुने भएको छ । यहि भदौ १० गतेदेखि शुरू हुने अटो सोमा ९५ ब्राण्डका सवारी साधन र त्यसमा प्रयोग हुने सामाग्री रहने आयोजकले बताएको छ ।

राजधानीमा आइतवार आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष शम्भुप्रसाद  दाहालले नाडा अटो सो को १४ औं संस्करणमा सवारी साधन वाहेक लुब्रिकेन्ट,टायर,एसेसरिज र बैंक तथा वित्तिय संस्था गरेर १ सय ६० वटा स्टल रहने पनि जानकारी दिए  ।

मेलामा विभिन्न कम्पनीहरूले सवारी साधन बिक्रीमा भारी छुट दिने तयारी गरेका छन ।मेला संयोजक निराकार श्रेष्ठले अवलोकनकर्तालाई सहज हुनेगरी प्रवन्ध मिलाइएको पनि जानकारी दिए । उनले मेला आकर्षक बनाउन पहिलो पटक ओभरहेड ब्रिज बनाउन लागिएको पनि जानकारी दिए ।

मेलामा २३ वटा ब्राण्डका चारपाँग्रे सवारीसाधनको स्टल, १९ वटा ब्राण्डका दुई पाँग्रे सवारीसाधन, नौवटा ब्राण्डका टायर, पाँचवटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पार्टपुर्जा र १३ वटा वित्तिय संस्थाह?को स्टल रहने छ । मेला भदौ १५ गतेसम्म सञ्चालन हुने छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।