नाडा अटाे साे भदाै १० देखि भृकुटी मण्डपमा हुने

Aug 18, 2019 06:41 PM merolagani



काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो  हुने भएको छ । यहि भदौ १० गतेदेखि शुरू हुने अटो सोमा ९५ ब्राण्डका सवारी साधन र त्यसमा प्रयोग हुने सामाग्री रहने आयोजकले बताएको छ ।

राजधानीमा आइतवार आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष शम्भुप्रसाद  दाहालले नाडा अटो सो को १४ औं संस्करणमा सवारी साधन वाहेक लुब्रिकेन्ट,टायर,एसेसरिज र बैंक तथा वित्तिय संस्था गरेर १ सय ६० वटा स्टल रहने पनि जानकारी दिए  ।

मेलामा विभिन्न कम्पनीहरूले सवारी साधन बिक्रीमा भारी छुट दिने तयारी गरेका छन ।मेला संयोजक निराकार श्रेष्ठले अवलोकनकर्तालाई सहज हुनेगरी प्रवन्ध मिलाइएको पनि जानकारी दिए । उनले मेला आकर्षक बनाउन पहिलो पटक ओभरहेड ब्रिज बनाउन लागिएको पनि जानकारी दिए ।

मेलामा २३ वटा ब्राण्डका चारपाँग्रे सवारीसाधनको स्टल, १९ वटा ब्राण्डका दुई पाँग्रे सवारीसाधन, नौवटा ब्राण्डका टायर, पाँचवटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पार्टपुर्जा र १३ वटा वित्तिय संस्थाह?को स्टल रहने छ । मेला भदौ १५ गतेसम्म सञ्चालन हुने छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।