मुक्तिनाथ विकास बैंक र सिद्धार्थ इक्वीटी फण्डको शेयरमूल्य समायोजन

Aug 19, 2019 10:34 AM merolagani



मुक्तिनाथ विकास बैंक र सिद्धार्थ इक्वीटी फण्डको भदौ १ गते आइतबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ ।

मुक्तिनाथ विकास बैंकले बिक्री गर्न लागेको चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयरमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३२५ रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी सिद्धार्थ इक्वीटी फण्डले गत वर्षको कमाइबाट इकाईधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको ११ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन गरेको हो। नेप्सेले कम्पनीको शेयरमूल्य समायोजनगरी प्रति इकाई ८ रुपैयाँ ९० पैसा कायम गरेको छ ।

समायोजित मूल्यलाई आधार मानेर आइतबार दुबै कम्पनीको शेयर कारोबार भएको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।