माछापुच्छ्रे बैंकको थप ९ शाखारहित र्बैंकिङ्ग सेवा सञ्चालनमा

Aug 19, 2019 04:24 PM Merolagani

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले देशका विभिन्न स्थानमा थप ९ शाखारहित र्बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित  सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ। 

बैंकले महोत्तरी जिल्लाको बर्दिबास न.पा.–११, खयरमारा, धनुषाजिल्लाको कमला न. पा.–०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर न. पा.–०३, यदुकोहा र लक्ष्मीनिया न. पा.–०७, लक्ष्मीनिया, सिराहा जिल्लाको कल्याणपुर न. पा.–०६, भोक्राहा र कर्जन्हा न. पा.–०२, बन्दिपुरतथा रौतहट जिल्लाको चन्द्रपुर न. पा.–०२, जुडिवेला, चन्द्रपुर न. पा.–०३, गैंडाटार र स्याङ्जाजिल्लाको आँधीखोला गाउँपालिका–०५ सेतीदोभानमाथप ९ शाखारहित र्बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो।

देशका विभिन्न स्थानमा ९ शाखा रहित बैंकिङ्ग सेवा थप भएसँगै माछापुच्छ्रे बैंकको शाखा रहित र्बैंकिङ्ग सेवा १२१ पुगेको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स  भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिनेछ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १३६ वटा शाखाहरु लगायत १२१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बंैकको देशभर १५३ वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।