मेलम्ची खानेपानीको बाँकी काम चिनियाँ कम्पनीलाई

Aug 21, 2019 12:01 PM Merolagani

मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ। आयोजना प्रमुख सूर्यराज कँडेलले बाँकी काम सम्पन्न गर्न सिनो हाइड्रोलाई १ अर्ब ६५ करोड रुपैयाँमा ठेक्का दिने तय भएको जानकारी दिए।

ऋणदाता एसियाली विकास बैक (एडीबी) बाट स्वीकृत पाएपश्चात मेलम्ची खानेपानी विकास समितिले बैक ग्यारेन्टी सहित प्रकिया पुर्याएर सम्झौता गर्न आउन सिनो हाइड्रोलाई पत्र पठाएको छ। 

इटालियन ठेकेदार सिएमसी ठेक्का पाएर बीचमै अधुरै काम छाडेर भागेपछि बाँकी काम सम्पन्न गर्न पुनः बोलपत्र आव्हान गरेर सिनो हाइड्रोलाई छनौट गरिएको हो। सिनो हाइड्रोलेले अब बाँध (हेडवक्र्स) र सुरुङ (टनेल) फिनिसिङको जिम्मा पाएको हो। विभिन्न जलविद्युत आयोजनाहरुको निर्माणमा संलग्न रहेको उक्त कम्पनी अनुभवी समेत हो।

वोलपत्र अनुसार २८ दिनभित्र सम्झौता गरेर एक महिनाभित्र ठेकदार कम्पनीले काम सुरु गरिसक्नुपर्छ। तामाकोशी हाईड्रोपावरको काम सकेर मेसिनरी र जनशक्ति सहित तयार अवस्थामा रहेकाले दशैं अघि नै काम सुरु गर्ने तयारी सिनोले गरेको छ।

यसअघि अनुमानित भन्दा २९ प्रतिशत कम (९० करोड) लागतमा बाँध र १५ प्रतिशत कम लागतमा सुरुङ निर्माण (७५ करोड) सम्पन्न गर्ने गरी कबोल गरेको सिनो हाइड्रोलाई आयोजनाको मुल्यांकन समितिले उत्कृष्ट ठहर गर्दै स्वीकृतिका लागि एडीबी पठाएको थियो।

१२ अगष्टमा एडीबीले चिनियाँ कम्पनीबाट काम गराउन स्वीकृति दिएको हो। आयोजनाले १३ अगष्टमा निर्माण व्यवसायी छनोटमा चित्त नबुझेमा सात दिन उजुरी गर्न भन्दै सार्वजनिक सूचना निकालेको थियो। सोमबारसम्म कुनै उजुरी नपरेपछि आयोजनाले चिनियाँ कम्पनीलाई सम्झौताका लागि बोलाएको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।