Fri, Sep 18, 2026
सबैको लघुवित्त(SABAIK)को साढे १६ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। लघुवित्तले सर्बसाधारणमा बिक्री गरेको ५ लाख ३० हजार कित्ता सहित १६ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो ।
बुधबार शेयर सूचीकृत भएसंगै दोस्रो कारोबार दिन बिहीबारबाट कम्पनीको शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।
लघुवित्तले गत साउन १ गते ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । सो शेयर साउन १० गते बाँडफाँड भएको थियो ।
सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।