बिशाल बजारको शेयरमूल्य उच्च बढ्दा ब्यापार उपसूचकमा चमक, सोल्टी होटलको उच्च कारोबार

Aug 21, 2019 05:28 PM Merolagani

साताको चौंथो कारोबार दिन बुधबार  बिशाल बजारको शेयरमूल्य बढ्दा ब्यापार उपसूचकमा साढे २ प्रतिशतले बढेको छ। काारेबारमा आएका बाह्र उपसमूहका सूचकमध्ये ८ वटा घट्दा ब्यापार सूचकमा भने उच्च रुपमा बढेको हो। यसदिन सोल्टी होटलको शेयरमूल्य घटेर उच्च कारोबार भएको छ ।

 

बुधबार शेयर बजार परिसूचक नेप्सेमा बढोत्तरी भएको छ। बजारमा धेरै उतार- चढाव नदेखिएको बजारमा भने २९ करोड मात्र भएको छ। यद्यपी यो अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँले बढी हो । शेयर बजारले गति लिन नसक्दा लगानीकर्ता भने अन्योलमा परेका छन्। 

यस दिन नेप्से सूचक ०.४२ अंकले बढेर १२१४.०५ बिन्दुमा कायम रह्यो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँले बढेको छ। यस्तै सूचीकृत कम्पनीहरुको कूल बजार पूँजीकरण १५ खर्ब ४१ अर्बमा समेटिएको छ।

बुधबार १६१ वटा कम्पनीको १२ लाख ७० हजार कित्ता शेयर २९ करोड २६ लाख रुपैयाँमा खरीद बिक्री भयो। अघिल्लो दिन मंगलबार २७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिन कारोबारमा आएकामध्ये ७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ । त्यस्तै ३० वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

बुधबार सोल्टी होटलको सबैभन्दा धेरै ४ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा माछापुच्छ्रे बैंकको २ करोड ८५ लाख रुपैयाँ बराबरकोे शेयर खरीद बिक्री भएको छ। त्यस्तै एनआइसी एशिया बैंक र नबिल बैंकको १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ।

यस दिन बिशाल बजार कम्पनको शेयरमूल्य सबैभन्दा धेरै ५.७३ प्रतिशतले बढेको छ। अघिल्लो दिन मंगलबार पनि कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ५.६२ प्रतिशतले बढेको थियो।

त्यसैगरी पाँचथर पावर कम्पनी र जानकी फाइनान्सको शेयरमूल्य ४ प्रतिशतले बढेको छ भने मल्टिपर्पस फाइनान्सको ३ प्रतिशत र अन्य तीन कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ।

त्यस्तै बुधबार नै लाभांश प्रस्ताव गरेको गणपति माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ। माइक्रोफाइनान्सले गत वर्षको कमाइबाट ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो। लगानीकर्ताबाट अपेक्षित लाभांश घोषणा नहुँदा लाभांशले कम्पनीको शेयरमूल्यमा नकारात्मक असर गरेको हो।

यता सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ५.१३ प्रतिशतले घटेको छ भने नाडेप लघुवित्त र माउन्टेन हाइड्रोको शेयरमूल्य पनि ४ प्रतिशतले घटेको छ। अन्य ११ वटा कम्पनीको शेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ।

मंगलबार कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये ४ वटा सकारात्मक देखिए भने अन्य ८ वटा सूचक नकारात्मक देखिए। यस दिन बिशाल बजार कम्पनीको शेयरमूल्य उच्च रुपले बढ्दा व्यापार समूहको सूचक २.५६ प्रतिशतले बढेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।