हिमाल दोलखा हाइड्रोको लगानीकर्ताले मागेजति आईपीओ पाउने

Aug 22, 2019 10:00 AM Merolagani

हिमाल दोलखा हाइड्रोपावर (HIMAL) को प्राथमिक शेयर (आईपीओ) मा लगानी गरेका लगानीकर्ताले मागेजति शेयर पाउने भएका छन्। कम्पनीले निष्काशनमा ल्याएको आईपीओ आधा नबिकेपछि लगानीकर्ताले माग अनुसार नै शेयर पाउने भएका हुन्।

कम्पनीले जारी गरेको शेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलमा भदौ ५ गते बिहीबार अपराह्न ४ बजे बाँडफाँडको तयारी गरिएको छ।

कम्पनीको शेयरमा सर्वसाधारणबाट निष्काशित शेयरको आधा भन्दा कम (४३.२६) प्रतिशत अर्थात ३३ लाख १८ हजार ६३० कित्ता शेयरको लागि ७४ हजार ४४० वटा अवेदन परेको छ।

निर्धारित समयमा सर्वसाधारणबाट सबै शेयर बिक्री नभएपछि कम्पनीका सञ्चालक तथा प्रबन्धकहरुलाई समेत खुला गरेपनि त्यहाँबाट पनि अवितरित भएपछि प्रत्याभूतिकर्ता मर्चेन्ट बैंकले कम्पनीको आईपीओ सकारेका छन्।

हिमाल दोलखाले असार २५ देखि साउन २४ गतेसम्म ७४ लाख ९३ हजार ७६६ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो। सामूहिक लगानी कोषलाई २५ हजार कित्ता बाँडफाँड तथा कम्पनीका कर्मचारीलाई १ लाख ५३ हजार ४४४ कित्ता शेयर आरक्षण गरेको थियो।

हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रूपैयाँ छ। आईपीओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ।

हिमाल दोलखा हाइड्रोपावरले इलामको इलाम नगरपालिकामा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना सञ्चालन गरिरहेको छ । माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ।

यस्तै कम्पनीले केबीएनआर इशुवा पावर लिमिटेड (९७.२ मेगावाट) मा १९ प्रतिशत शेयर लगानी गरेको छ । त्यस आयोजनाको प्रति मेगावाट लागत १० करोड रहेको र सोबाट प्रति मेगावाट ४.३५ करोड आम्दानी हुने कम्पनीले जनाएको छ। कम्पनीले आव २०७६/७७ सम्ममा १२ करोड १२ लाख र आव २०७७/७८ मा १४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।