पूँजीगत लाभकर गणना कार्यान्वयनमा विलम्ब हुँदा बोर्डले सिडिएससीसँग माग्यो स्पष्टीकरण

Aug 22, 2019 01:22 PM Merolagani

पूँजीगत लाभकर गणना विधिलाई सहज रुपमा अघि बढाउन निर्देशन दिएको ११ दिनसम्म पनि केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले सो सम्बन्धि सिस्टम तयार गरि कार्यान्वयनमा नल्याउँदा नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण माग गरेको छ।

भारित औसत विधिबाट पुँजीगत लाभकर गणनाका लागि लगानीकर्ताहरुले ब्रोकरकोमा नै गएर धितोपत्रको खरिद मूल्य प्रमाणित गर्नुपर्ने व्यवस्थाप्रति लगानीकर्ताले असहमति जनाएपछि बोर्डले गत साउन २४ गते उक्त व्यवस्थालाई सहज तथा सरल रुपमा शीघ्र गर्न सिडिएससीलाई निर्देशन दिएको थियो।

बोर्डले निर्देशन दिएको झण्डै दुई साता हुन लाग्दा पनि सिडिएससीले सिस्टम तयार गरी कार्यान्वयनमा नल्याउँदा बिहीबार बोर्डले पत्र लेख्दै सिडिएससीसँग पूँजीगत लाभकरको उक्त व्यवस्था कार्यान्वयन हुन नसक्नुको कारण माग गरेको हो । 

 

यसअघि लाभकर गणनामा सहजीकरणका लागि सिडिएस एण्ड क्लिगरिङ्ग हाउसले सिस्टम तयार पार्ने र सो सिस्टमा लगानीकर्ताले खरिद गरेको शेयरको खरिदमूल्य नभेटिएको अवस्थामा मात्र लगानीकर्ताले आफ्नो खरिदमूल्य घोषणा गर्नुपर्ने, खरिद लागत भेटिएकोको हकमा सिस्टमले नै गणना गर्ने गरि प्रकृया अगाडि बढाउने सहमति भएको थियो ।

सहमति भएको ११ दिनसम्म पनि सिडिएससीले सिस्टम तयार गरी कार्यन्वयनमा ल्याएको छैन ।

  • सिस्टम परीक्षण हुँदै छ : सिडिएससी

उता सिडिएस एण्ड क्लियरिङ्गले भने सिस्टम निमार्ण भइसकेको र उक्त सिस्टम परीक्षणको क्रममा रहेकाले छिट्टै कार्यान्वयनमा ल्याउने तयारी भइरहेकाे  जनाएको छ।

लगानीकर्ता कसैलाई मर्का नपर्ने गरी सिस्टम बनाउनुपर्ने हुन्छ। कार्यान्वयनमा आइसकेपछि परीक्षण गर्ने नमिल्ने भएकाले सिस्टममा देखिएको समस्यालाई समाधान गर्दै अगाडि बढेको सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

लाभकर गणनामा ब्रोकर कार्यालयमा गएर ल्याप्चे लगाउनुपर्ने व्यवस्था अव्यवहारिक भएको भन्दै लगानीकर्ता आन्दोलित बनेपछि यसअघि अर्थमन्त्रालयले साउन २१ गते तीन दिनभित्र समस्या समाधान गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो। सो पश्चात २४ गते शुक्रबार बोर्डले पूँजीगत लाभकर गणनासम्बन्धी व्यवस्था सजिलो र सहज बनाउन नेप्से र सिडीएसलाई निर्देशन दिएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।