हिमाल दोलखा हाइड्रोपावरको आईपिओमा आवेदन गरेका ९० आवेदन रद्ध, तपाईको पर्यो कि?

Aug 23, 2019 01:50 PM Merolagani

हिमाल दोलखा हाइड्रोपावरको आईपिओमा आवेदन गरेको ९० वटा आवेदकबाट परेको  ७ हजार ३१० कित्ताको आवेदन रद्ध भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बिहीबार भएको शेयर  बाँडफाँडमा  ७२ हजार २५५ जनाले मागअनुसारको शेयर प्राप्त गरेका छन्।

तपाईको आवेदन रद्ध भएको छ कि शेयर पाउनुभएको छ हेर्नका लागि हेर्नका लागि तपाईले निम्न विधि अपनाउन सक्नुहुनेछ ।

नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT) मा जानुहोस्।

त्यसपछि  आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धित कम्पनी हिमाल दोलखा हाइड्रोपावर छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ

कम्पनीको आईपीओमा आवेदन गरेर सदर भएका ७२ हजार २५५ जनालाई ३० लाख ९३ हजार २५० कित्ता शेयर बाँडफाँड गरिएको हो।

कम्पनीले असार २५ देखि साउन २८ गतेसम्म सर्वसाधारणमा ७६ लाख ७२ हजार २१० कित्ता शेयर निष्काशनमा ल्याएको थियो। सामूहिक लगानी कोषलाई २५ हजार कित्ता तथा कम्पनीका कर्मचारीलाई १ लाख ५३ हजार ४४४ कित्ता शेयर आरक्षण गरिएको थियो।

जसमध्ये सामूहिक लगानीकोषका इकाईलाई आरक्षण गरिएको २५ हजार कित्ता बिक्री भएको छ भने हाइड्रोपावरका कर्मचारीका लागि आरक्षित गरेको १ लाख ५३ हजार ४४४ कित्ता शेयर पनि कुनैपनि कर्मचारिले किनेनन्। कर्मचारिले नकिनेपछि बाँकी सो शेयर समेत जोडेर ७६ लाख ४७ हजार २१० कित्ता शेयर सर्वसाधारणका लागि बाँडफाँडमा सरिक गराइएको हो।

सर्वसाधारणबाट ३० लाख ९३ हजार २५० कित्ता मात्र बिक्री भएपछि बाँकी ४५ लाख ५३ हजार ९६० कित्ता शेयर प्रत्याभूतिकर्ताहरु बिओके क्यापिटल, नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्ग, लक्ष्मी क्यापिटल, र नेपाल बंगलादेश क्यापिटलले सकार्नुपर्ने भएको छ।

कम्पनीले निष्काशन गरेको शेयरमध्ये बिओके क्यापिटलले सबैभन्दा धेरै ३२.८६ प्रतिशत, नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गले ३३.७१, लक्ष्मी क्यापिटलले २५ प्रतिशत, र नेपाल बंगलादेश क्यापिटलले ८.४३ प्रतिशत शेयरको प्रत्याभूति गरेका थिए। अवितरित शेयर अब प्रत्याभूतिकर्ता मर्चेन्ट बैंकरले सकार्नेछन्।

comments powered by Disqus