नेपाल इन्स्योरेन्सको साढे सात प्रतिशत लाभांश पारित

Aug 25, 2019 03:45 PM Merolagani



नेपाल इन्स्योरेन्स (NICL) ले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित भएको छ। भदौ ८ गते आइतबार सम्पन्न इन्स्योरेन्सको ७० औं वार्षिक साधारणसभाले लाभांश सहित मर्जर तथा एक्वीजिशनमा जाने एजेण्डा परित गरेको हो ।

चुक्ता पूँजी १ अर्ब १ करोड ९१ लाख रुपैयाँको ७.५ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको हो ।

बीमा समितिको निर्देशन अनुसार न्युनतम चूक्ता पूँजी पुर्यासकेको इन्स्योरेन्सले बोनस वितरण पछि एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ पुग्नेछ । बोनसमा कर प्रयोजनको लागि ४० लाख २२ हजार रुपैयाँ प्रस्ताव गरेपनि बीमा समितिले अस्वीकृत गरेपछि सो कर भने शेयरधनी आफैँले ब्योहोर्नुपर्नेछ ।

यस्तै साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा इन्स्योरेन्सले ५८ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस अवधि सम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी वार्षिक १७ रुपैयाँ ७२ पैसा, प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २७ र मूल्य आम्दानी अनुपात १९.९८ गुणा बढी छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।