नेप्सेमा देखिएन सुधारको संकेत, आइतबार पनि ३ अंकले घट्यो

Aug 25, 2019 05:27 PM Merolagani



शेयर बजारमा गिरावट आउने क्रमले आइतबार पनि निरन्तरता पाएको छ। केहि दिन अघि देखि नै निरन्तर गिरावट देखिरहेको बजारमा साताको पहिलो कारोबार दिन आइतबार पनि झण्डै साढे ३ अंकको गिरावट देखिएको हो। 

आइतबार नेप्से परिसूचक ३.४५ अंकले घटेर १२०९.६२ बिन्दुमा झरेको छ। नेप्से परिसूचक घटेपनि आइतबार कारोबार रकममा केहि बढोत्तरी भएको छ।निकै उतार-चढावपूर्ण रहेको बजार दिउँसो २ बजे १२ अंकले झरेर १२०१ अंकको न्यून बिन्दुमा झरेपनि पछिल्लो एक घण्टा अवधिमा सुधार आउँदा न्यून अंकको गिरावटमा बन्द भएको हो।

यस दिन १७१ वटा कम्पनीको १२ लाख ७५ हजार कित्ता शेयर ३५ करोड २ लाख रुपैयाँमा कारोबार भयो। अघिल्लो कारोबार दिन बिहीबार २६ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आइतबार कारोबार रकम ९ करोड रुपैयाँले बढेको हो ।

  • ८९ वटा कम्पनीको शे्यरमूल्य घट्यो 

यस दिन ८९ वटा कम्पनीको शे्यरमूल्य घटेको छ भने ३९ वटा कम्पनीको शेयरमूल्य बढेको छ। त्यस्तै ३२ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन ।

आइतबार कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये २ वटा सकारात्मक देखिए भने अन्य १० वटा सूचक नकारात्मक देखिए। यस दिन हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य घट्दा हाइड्रोपावर उपसमुहको सूचक सबैभन्दा धेरै १.४५ प्रतिशतले घटेको छ ।

  • छिमेक लघुवित्तको संस्थापकको उच्च कारोबार, गुमाउनेमा हाइड्रोपावर धेरै

आइतबार छिमेक लघुवित्तको संस्थापक शेयरको सबैभन्दा धेरै ३ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । लघुवित्तको शेयर ४४ नम्बर ब्रोकरबाट ४ वटा ४५ नम्बरबाट एक वटा गरि पाँच कारोबारबाट ६६ हजार ८०० कित्ता शेयर बिक्री भएको छ भने ३३ नम्बर ब्रोकरबाट २ वटा ३९ नम्बरबाट २ वटा र ३५ बाट एक वटा खरिद भएको हो। खरिद बिक्रीको प्रकृति हेर्दा एक संस्थागत लगानीकर्ताबाट अर्को लगानीकर्ताको खातामा म्याचिङ्ग कारोबार भएको देखिन्छ।

नेपाल बैंकको पनि २ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै अन्य ६ वटा कम्पनीको १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

यस दिन सृजना फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.२१ प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स, सिन्धु विकास बैंक र स्वरोजगार लघुवित्तको शेयरमूल्य तीन प्रतिशत धेरैले बढेको हो।  त्यस्तै गुराँस लघुवित्त, बोर्टलर्स नेपाल (तराई) र जनउत्थान सामुदायिक लघुवित्तको २ प्रतिशत धेरैले बढेको छ।

 

आइतबार हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य उच्च रुपले घटेको छ। यस दिन पाँचथर पावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ७.२० प्रतिशतले घटेको छ भने युनिभर्सल पावर कम्पनीको शेयरमूल्य पनि ४.८१ प्रतिशतले घटेको छ । यस दिन उच्च शेयरमूल्य घट्ने शिर्ष १० कम्पनीमा ६ वटा हाइड्रोपावर कम्पनी रहेका छन्।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।